दिल्लीबाट भिस्ताराको विमान काठमाडौं उडेपछि ह्वाट्एपमा फोन: जहाजमा बम छ




काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाडौं लागि १५७ यात्रु बोकेर उडेको न्यारोबडी जहाजको सेक्युरिटी स्टाफको ह्वाट्एपमा जहाज अवतरण गर्ने वित्तिकै बम राखेको भनेर फोन आएपछि, अहिले उक्त जहाजको सुरक्षा चेकजाँच भइरहेको छ।

जहाजलाई पार्किङमा राखेर सबै यात्रुलाई निकाल्दै नेपाली सेनाको एक टुकडीले हरेक ब्याजेग चेकजाँच गरिरहेको छ ।

जहाजमा बम भएको फेला परेमा सेनाको टोलिले सुरक्षित रुपमा डिस्पोज गराउँछ भने अन्यथा सुरक्षा जाँच ठीक भएको र फेक कल भएको निष्कर्ष आयोभने मात्रै त्यो जहाज उड्न पाउने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्रभुलले बताए ।

भारतबाट उडान गर्ने वायुसेवामा पछिल्लो समय बमको हल्ला बढिरहेको छ । भिस्टारामा मात्रै यस अघि तीनवटा बम राखेको हल्ला आइसकेको छ । काठमाडौं अवतरण गरेको जहाजमा सहित विस्तारमै चौथो पटक बम राखेको हल्ला फैलिएको छ । यद्यपी यस अघि आएका सबै हल्ला फेक थियो ।

मंगलबार अपरान्ह ४ बे नयाँदिल्लीबाट काठमाडौं उडेको जहाजलाई पनि सोही वायुसेवाको सेक्युरिटी स्टाफलाई जहाजमा यात्रु निस्कनुअघि ह्वाटएपमा फोन आएको रहेछ । बम राखेको भन्दै उक्त कल आएसँगै हतार हतार यात्रुलाई निकाले नेपाली सेनाले सर्च गरिरहेको पनि भुलले बताए ।

उनका अनुसार यो जहाज अब सम्पूर्ण चेकजाँच भएर बम भए निस्क्रिय बनाउने र नभए फेक कल सावित हुन्छ । आवश्यक चेकपछि सुरक्षा चाँजको प्रक्रिया पूरा गरेर मात्रै यो जहाज पुनः उडान हुने पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।


क्लिकमान्डु