दिल्लीबाट काठमाडौं अवतरण गरेको जहाजमा बम राखेको हल्ला, नेपाली सेनाको टोलीबाट सर्च गर्दै



काठमाडौं । भारतको नयाँदिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबा साँझ अवतरण गरेको भिष्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ । जहाजमा बम राखेको हल्ला फैलिएपछि यात्रु बाहिर निकाले नेपाली सेनाको टोलिले चेकचाँज गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानस्थल कार्यालयका अनुसार उक्त जहाजको नेपाली सेनाको टोलिले सर्स गरिरहेको छ भने अरु जहाजबात हुने नियमित उडान तथा अवतरणको रोकिएको छैन्

भिस्टाराको उडान नम्बर यूके १५५ भएको उक्त जहाज त्रिभुवन विमानस्थलमा अवतरण गर्नुअगाडि जहाजमा बम राखेको हल्ला दिल्लीबाटै आएकोले आवश्यक जाँच भइरहेको पनि विमानस्थल स्थित अन्तर्राष्ट्रिय टर्मिनल विभागले जानकारी दिएको छ ।

बम राखेको खबर पाइएपछि नेपाली सेनाको कमान्डमा सुरक्षा निकायले जहाजको खानतलासी सुरु गरेको हो । पछिल्लो समय भारतीय जहाजहरूमा बम राखेको हल्ला एक पछि अर्को उडानको गन्तव्यमा फैलिइरहेको छ ।


क्लिकमान्डु