
काठमाडौं । वायुसेवा निगमको अध्यक्ष अध्यक्षको जिम्मेवारी महेश्वरभक्त श्रेष्ठलाई दिने निर्णय सरकारले गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैंठकले श्रेष्ठलाई महाप्रबन्धकको समेत जिम्मेवारी दिएर कार्यकारी अध्यक्षको पदमा नियुक्त गरेको हो ।
हाल नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष तथा महाप्रबन्धकको काम समेत काम गर्ने गरी जिम्मेवारी दिएर नियुक्त भएका श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले यस अघि सदस्य नियुक्त गरेको थियो ।
पर्यटन मन्त्रालयले गत वैशाख १२ गते निगम सञ्चालक समिति सदस्यका लागि मागेको आवेदनबाट २७ जनाले उमेदवारी दिएका थिए । ती उमेदवारमध्येबाट पर्यटन मन्त्री खडकराज पौडेल (गनेस)ले जेठ ३१ गते श्रेष्ठसहितका ५ जनालाई नियुक्त गरेका थिए ।
निगमको सञ्चालक सदस्यमा मन्त्री पौडेलले डा. दीपकप्रसाद बास्तोला (पोखर), प्रविन भट्टराई (चितवन), महेश्वरभक्त श्रेष्ठ (ललितपुर), रुपा लामिछाने (काठमाडौ) र लिलाराज ढकाल (स्याङ्जा) लाई नियुक्त गरेको नियुक्तिमा पिक एण्ड चुज भएको भन्दै अदातले मेरिट वेसिसमा निर्णय गर्न आदेश दिएपछि यो नियुक्ति रद्द गरेर पर्यटन मन्त्रालयले पुन: ३ जनालाई नियुक्त गरेको थियो ।
अदालतको आदेशपछि मन्त्री पौडेलले आफ्नै निर्णय सच्चाएर असार दोस्रो साता योग्यताक्रमका आधारमा उपेन्द्रबहादुर कार्की, डा. दीपक प्रसाद बास्तोला र महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेका थिए । मन्त्रालयले बाँकी २ जना भने वेटिङमै राखेर निगममा सदस्य नियुक्त गरेका तीन जना मध्येबाटै श्रेष्ठलाई निगमको अध्यक्ष बनाउन गरेको सिफारिश गरेको थियो ।
वायुसेवा निगमको कार्यकारी महाप्रवन्धकमा यस अघि मागिएको खुला प्रतिस्पर्धामा आवेदन दिएका १८ जना आवेदकहरुको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । उक्त मुद्दाको टुंगो नलागेसम्म नेपाल वायुसेवा ऐन २०१९ ले गरेको व्यवस्था अनुसार सञ्चालक मध्यबाटै कार्यकारी अध्यक्ष र महाप्रबन्धकको जिम्मेवारी दिएको पर्यटन सचिव मुकुन्दप्रसाद निरौलाले बताए ।
उनका अनुसार निगमकाे सञ्चालक सिमितिको कामकारवाही चलाउन श्रेष्ठलाई जिम्मेवारी दिन पर्यटन मन्त्रालयले गरेको सिफारिस अनुसार सरकारले श्रेष्ठलाई नियुक्त गरेको हो । अदालबाट महाप्रवन्धक नियुक्तिको मुद्दाको टुंगो लागेपछि पूर्णकालीन महाप्रवन्धक नियुक्त हुने पनि सचिव निराैलाले बताए ।








प्रतिक्रिया