यी हुन् बालेन मन्त्रिपरिषद् बैठकका ५ निर्णय

5.3k
Shares

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको मन्त्रिपरिषद्ले विभिन्न ५ वटा निर्णय गरेको छ ।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन तत्कालै कार्यान्वयन गर्नेसहितका विभिन्न ५ निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

यी हुन् सरकारका निर्णय ?

भू-बीजन पहिलो संशोधनी नियमावली २०८३ स्वीकृत गर्ने।

सशस्त्र प्रहरी बल नेपालका विपद खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने ।

नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत जिम्मेवारी र कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने। महाप्रबन्धकको काम समेत गर्ने गरी ।

अर्को अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने ।

Skip This