अदालतको आदेशपछि वायुसेवा निगममा बहाल भइसकेकालाई हटाएर ३ सञ्चालक नियुक्त

२ जना वेटिङमा


काठमाडौं । नेपाल वायुसेवा निगममा ५ जना सदस्य नियुक्त गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलको निर्णय अदालतबाट उल्टिएसँगै पदबहाल भइसकेका सदस्य हटाइएका छन् । अदालतको आदेशपछि मन्त्रालयले पाँचै जनाको नियुक्तिलाई रद्द गरेर तीन जनालाई मात्रै नियुक्त गरेको छ ।

पर्यटन मन्त्रालयका अनुसार अदालतको आदेशपछि मन्त्रीले यस अघि नियुक्त गरेका सबैलाई रद्द गरेर नयाँ नियुक्ति गरेका छन । मन्त्रालयका अनुसार यस अघि नियुक्त भएका नियमका सञ्चालक सदस्यहरु डा. दीपकप्रसाद बस्तोला, प्रविन भट्टराई, महेश्वरभक्त श्रेष्ठ, रुपा लामिछाने र लिलाराज ढकालको नियुक्ति रद्द गरिएको छ ।

मन्त्रालयले सर्वोच्च अदालतको आदेश अनुसार योग्यताक्रमका आधारमा उपेन्द्रबहादुर कार्की, डा. दीपक प्रसाद बास्तोला र महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ । बाँकी २ जना भने वेटिङमै रहेका छन् ।

मन्त्रालये निर्णय गरेर नियुक्तिपत्र लिन आउन आग्रह गरेको भएपनि उनीहरुलाई स्वीकार नगरेका कारण दुई जना नियुक्तिले औपचारिकता पाउँनै बाँकी भएको पनि मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले योग्यताक्रममा नियुक्त गर्दा यस अघि आवदेन दिएर योग्य ठहरिएकामध्येबाट अब लिलाराज ढकाल र डा.भिम चन्दलाई नियुक्त गर्नुपर्ने हुन्छ । यस अघि सरकारले नियुक्त गरेर पनि ढकालले नियुक्ति नलिएकोले पनि यस पटक सरकारले दुई जनालाई वेटिङमा राखेको पनि पर्यटन मन्त्रालको भनाइ छ ।

पर्यटन मन्त्रालयको आदेश नपुग्दै र नयाँ नियुक्तिको निर्णय नगर्दै वायुसेवा निगमका कर्मचारीले भने सञ्चालक समिति सदस्यको सूचीबाट यस अघि नियुक्त भएको सबैको नाम हटाएका छन ।

निगममा अदालनको निर्णय अनुसार मन्त्रालयले निर्णय नगर्दै बोर्ड सदस्य हटाइएको छ । उनीहरुमध्ये तीन जना यस अघि नै नियुक्त भएका सदस्य आउने भएकोले औपचारिक निर्णय विना नै निगमको सञ्चालक समिति सदस्य हटाउनुलाई कर्मचारीको चलाखी भएको एक सञ्चालकले बताए ।