सेयर बजारमा आधारभूत र प्राविधिक पक्षसँगै मनोवैज्ञानिक पक्षमा ध्यान दिऔं: नेप्से प्रवक्ता पराजुली



काठमाडौं । सेयर बजारमा आधारभूत र प्राविधिक पक्षका बारेमा चर्चा हुने गर्छ, तर मनोवैज्ञानिक पक्षका बारेमा खासै चर्चा हुँदैन । पछिल्लो समय बजारमा लगानीकर्ताको मनोवैज्ञानिक पक्षका बारेमा पनि छलफल आवश्यक ठानिन थालेको छ ।

लगानीकर्ताको मनोवैज्ञानिक पक्षमा कुरा गर्दा यसका विविध आयाम मध्ये केही आयाम नेपालका लगानीकर्तामा मेल खाने खालका पनि पाइन्छ । लगानीकर्ताले बजारमा लगानी गर्दा आधारभूत र प्राविधक पक्षलाई मात्रै नहेरी मनोवैज्ञानिक रुपमा पनि समय अनुसार परिवर्तन हुन सक्ने हो भने त्यसले लाभ आफैंलाई दिन्छ ।

मनोवैज्ञानिक पक्ष पनि एउटामात्रै होइन । विभिन्न खाले हुने गर्दछन् । त्यसमा ध्यान दिन आवश्यक मानिन्छ ।

लगानीकर्ताले सम्पत्ति लगानी गर्दा कम्पनीको छनोटमा ध्यान दिने, कम्पनीको सेयर मूल्य, कारोबार रकममा ध्यान दिने, मेहनत गरेर कमाएको पैसा खेर जान नदिन चनाखो बन्नुपर्छ । त्यसका लागि लगानीकर्ताको मनोविज्ञानले पनि धेरै नै काम गर्छ।

लगानी गर्दा कुन सेयर किन्ने, कुन बेच्ने, कहिले किन्ने, कहिले बेच्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । लगानीकर्ता आवश्यकभन्दा बढी आत्मविश्वासी बनेको खण्डमा त्यसको प्रभावले लगानीकर्ताको सम्पत्तिमा क्षति हुनेगर्छ । यसतर्फ सचेत हुनुपर्ने वैज्ञानिकहरुको तर्क छ ।

लगानीकर्ताले सबै कुरा मलाई मात्रै थाहा छ, आफूलाई थाहा भएको सबै सत्य, अरुको कुरा असत्य भन्नेमा लाग्नु हुँदैन ।
बजारमा विभिन्न खालका सुझाव दिने मान्छे भेटिन्छ । बजार यति बढ्छ, यति घट्छ, ब्याज दर बढ्छ वा घट्छ ।

अरुले भनेको सुनेको कुरा सबै सत्य हुने हो र ? त्यसको वास्तविकतमा पुग्ने की नपुग्ने भन्नेमा लगानीकर्ता सचेत बन्नु पर्ने विज्ञको सुझाव छ । भिडमा आएका कुराको पछि लाग्दा, सामाजिक सञ्जालमा आउने सूचना, विभिन्न सञ्चार माध्यममा आउने फरक फरक सूचना र त्यसको सत्यता यस्ता विषयमा लगानीकर्ताले चासो दिनु पर्छ । अन्यथा त्यसको क्षति लगानीकर्ता स्वयंलाई नै हो। लगानीकर्ताले आफ्नो सम्पत्ति लगानीकर्ता यति मात्रै नभएर अन्य विभिन्न पक्षका बारेमा ध्यान दिनु पर्छ ।

लगानीकर्ताको मनोवैज्ञानिक पक्ष र सेयर बजारमा विविध विषयमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीसँग क्लिकमान्डुका लागि सोभित थपलियाले गरेको कुराकानीः


क्लिकमान्डु