बादलभित्र हेलिकप्टर छिर्दा दुर्घटना भयो: प्राधिकरण महानिर्देशक



काठमाडौं । नेपाल नागरिक उड्डन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बादलभित्र छिरेका कारण एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको बताएका छन् ।

बुधबार नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलि दुर्घटनामा पर्दा ५ जनाको ज्यान गएको थियो ।

उक्त घटनाबारे छलफल गर्न आज संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बोलाइएको थियो । जहाँ हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसहितका अधिकारीलाई बोलाइएको थियो ।

सांसद र मन्त्रीको सामुन्ने अधिकारीले दुर्घटनाको दोष पाइलटतर्फ सोझ्याएका हुन् ।

त्यसक्रममा अधिकारीले बादलभित्र छिरेको कारण एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको बताए ।

प्राधिकरणको नियमविपरित बादलभित्र विमान छिरेको उनको भनाइ छ ।

‘यो भीएफआर फ्लाइट हो । आँखाले हेरेर गर्ने उडान हो,’ उनले भने, ‘यस्तो उडानमा बादलभित्र छिर्न पाउँदैन ।’

सम्बन्धित समाचार

६ अमेरिकी उडाउन अनुमति पाएको डाइनेस्टीको हेलिकप्टरले चिनियाँ लगेको खुलासा
डाइनेस्टी एयर दुर्घटनामा गम्भीर गल्ती: दुर्घटनाको ४८ मिनेटपछि उद्धार, कम्पनीको ‘भि टु ट्रयाक’ मा समस्या
नेपाली आकाशको सुरक्षामा नियामकको हेलचेक्र्याइँ बन्द गर
डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिनका लागि ३ सदस्यीय आयोग बनाउने सरकारको निर्णय
हेलिकप्टर दुर्घटना: ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
हेलिकप्टर दुर्घटना: क्याप्टेन मल्लसहित यी हुन् ५ मृतक (सूचीसहित)
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ४ चिनियाँ एकै परिवारका हुनसक्ने
काठमाडौंबाट उडेको ३ मिनेटमै टावरसँग हेलिकप्टरको सम्पर्क विच्छेद
वडाध्यक्षको बयान: हेलिकप्टर रुखमा ठोकिँदा रुख नै जलेको छ, पाँचै जनाको शव भेटियो
२० मिनेटमा स्याफ्रुबेसी पुग्नुपर्ने हेलिकप्टर १ घण्टासम्म सम्पर्कमा नहुँदा विमानस्थलको वेवास्ता
सूर्यचौरका वडाध्यक्ष भन्छन्- ‘हेलिकप्टर दुर्घटनास्थलमा बादल र तुवाँलो छ’
डाइनेस्टीको हेलिकप्टर खोज्न गयो प्रभु एयरको हेलिकप्टर
एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटना हुँदा आगो लाग्यो, ४ चिनियाँ यात्रु लिएर जाँदै थियो स्याफ्रुबेसी
५ जना सवार एयर डाइनेस्टिको हेलिकप्टर काठमाडौंको शिवपुरीबाट सम्पर्कविहीन


क्लिकमान्डु