६ अमेरिकी उडाउन अनुमति पाएको डाइनेस्टीको हेलिकप्टरले चिनियाँ लगेको खुलासा

उड्डयन प्राधिकरणको कमजोर नियमन



काठमाडौं । बुधबार दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घनामा पर्दा पाइलट अरुण मल्लसहित ४ चिनियाँ नागरिकको मृत्यु भयो ।

१ बजेर ५४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको हेलिकप्टर तीन मिनेटमै सम्पर्कबिहीन भएको थियो ।

दुर्घटनामा ज्यान गुमाउनेमा पाइलट मल्लसहित चिनियाँ नागरिक थाङ चीउथाव, उ इयाव, लीई चीअ, सी चीमीङ रहेका छन्।

अनुमति अमेरिकी उडाउने, लगे चिनियाँ

एयर डाइनेस्टीले अमेरिकी यात्रुको उडान अनुमति लिएर चिनियाँ नागरिक उडाएको पाइएको छ ।

एयर डाइनेस्टीले नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय अन्तर्गतको हवाई यातायात विभागसँग यात्रुहरुको चार्टर्ड उडान अनुमति लिँदा ६ जना अमेरिकी यात्रु बोक्ने उल्लेख गरेको थियो ।

एयर डाइनेस्टी हेली सर्भिसेजले कम्पनीबाट सञ्चालिक एएस ३५० हेलिकप्टरद्वारा (प्रतिकुलताको ७६ घण्टासम्म मान्य हुने गरी) कल साइन ९एन एजेडीका लागि उडान तथा अवतरण अनुमति मागेको थियो । जसमा ६ जना अमेरिकी नागरिकको नाम र राष्ट्रियता उल्लेख गरिएको छ ।

काठमाडौंबाट स्याफ्रुबेसी उडानको अनुमति मागिएको पत्रमा उल्लेख गरिएको छ । एयर डाइेनस्टीले माग गरे अनुसार हवाई यातायात विभागका म्यानेजर रमेश कुमार महतले चार्टर्ड उडानको अनुमति दिएका थिए ।

तर, सो हेलिकप्टरले काठमाडौं स्याफ्रुसी उडानमा अमेरिकी नभइ चिनियाँ नागरिक लगेको थियो ।

कमजोर नियमन

हवाई क्षेत्रको नियमननकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको कमजोर नियमनका कारण चार्टर्ड उडानमा माग गरिएको भन्दा फरक यात्रु बोकेको हो । त्यसोत चार्टर्ड उडानका लागि विमानस्थल कार्यालयले अनुमति दिने गरेकोमा पछिल्लो समय प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त्यस्तो अनुमति दिने काम उड्डयन प्राधिकरण कार्यालय अन्तर्गतको हवाई यातायात विभाग मातहत ल्याएका थिए ।

‘यस्तै कार्यका लागि महानिर्देशकले चार्टर्ड उडानको अनुमति विमानस्थल कार्यालयबाट प्राधिकरणमा ल्याएका हुन्,’ प्राधिकरण स्रोतले भन्यो, ‘कमजोर नियमन र आफूलाई फाइदा हुने गरि चार्टर्ड उडानका लागि भएका यस्ता गतिविधिले समस्याहरु देखिएका छन् ।’

प्राधिकरणको कमजोर नियमनका कारण उडान भरेको ३ मिनेटमै सम्पर्कविहीन भएको हेलिकप्टर खोज्न जान १ घण्टा समय लगाइको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बुधवार डाइनेस्टी एयरको हेलिकप्टर युटीसी समय ८ बजेर ९ मिनेट (स्थानीय समय १ बजेर ५१ मिनेट) मा काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको थियो । हेलिकप्टर उडेको ३ मिनेटमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क विच्छेद भयो । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उद्धार सहायता केन्द्रले प्रोटोकल अनुसार उद्धारको काम अगाडी बढाउन सकेन ।

हेलिकप्टर सम्पर्कविहीन भएको ४९ मिनेटपछि अर्थात् २ बजेर ४६ मिनेटमा मात्रै डाइनेस्टीको हेलिकप्टर खोज तथा उद्धारका लागि प्रभु एयरको हेलिकप्टर उडेको थियो ।

जबकि प्रोटोकल अनुसार हेलिकप्टर सम्पर्कविहीन भएको ५ मिनेटभित्र सोधी खोजी गर्नु पर्छ ।

सम्बन्धित समाचार

डाइनेस्टी एयर दुर्घटनामा गम्भीर गल्ती: दुर्घटनाको ४८ मिनेटपछि उद्धार, कम्पनीको ‘भि टु ट्रयाक’ मा समस्या
नेपाली आकाशको सुरक्षामा नियामकको हेलचेक्र्याइँ बन्द गर
डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिनका लागि ३ सदस्यीय आयोग बनाउने सरकारको निर्णय
हेलिकप्टर दुर्घटना: ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
हेलिकप्टर दुर्घटना: क्याप्टेन मल्लसहित यी हुन् ५ मृतक (सूचीसहित)
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ४ चिनियाँ एकै परिवारका हुनसक्ने
काठमाडौंबाट उडेको ३ मिनेटमै टावरसँग हेलिकप्टरको सम्पर्क विच्छेद
वडाध्यक्षको बयान: हेलिकप्टर रुखमा ठोकिँदा रुख नै जलेको छ, पाँचै जनाको शव भेटियो
२० मिनेटमा स्याफ्रुबेसी पुग्नुपर्ने हेलिकप्टर १ घण्टासम्म सम्पर्कमा नहुँदा विमानस्थलको वेवास्ता
सूर्यचौरका वडाध्यक्ष भन्छन्- ‘हेलिकप्टर दुर्घटनास्थलमा बादल र तुवाँलो छ’
डाइनेस्टीको हेलिकप्टर खोज्न गयो प्रभु एयरको हेलिकप्टर
एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटना हुँदा आगो लाग्यो, ४ चिनियाँ यात्रु लिएर जाँदै थियो स्याफ्रुबेसी
५ जना सवार एयर डाइनेस्टिको हेलिकप्टर काठमाडौंको शिवपुरीबाट सम्पर्कविहीन


क्लिकमान्डु