
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले क्लिकमान्डुमा प्रकाशित समाचारको खण्डन गरेको छ । सिबिफिनले क्लिकमान्डुमा फागुन ७ गते प्रकाशित ‘सिबिफिनको मिटिङमा बैंकका सञ्चालकले नै ‘समस्याउन्मुख कर्जा ६०% पुग्यो’ भनेपछि’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
सिबिफिनका अनुसार प्रचलित कानून, सबल नियमनकारी निकायको नीति, नियम, निर्देशनहरुको अक्षरशः पालना, सुक्ष्म निगरानी, नियमित सुपरिवेक्षण तथा अनुगमन र अन्तर्राष्ट्रिय मापदण्डहरुको अधीनमा रही सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुबाट नीतिगत र व्यावहारिक कमीकमजोरी भएमा नियामक निकायबाट कानुनबमोजिम आवश्यक कारवाही हुने गरेको बताएको छ । त्यसैमाथि नियमानुसार हरेक त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरुबाट सार्वजनिक रुपमा प्रकाशन हुने वित्तीय विवरणले पनि बैंकिङ क्षेत्रको यथार्थ अवस्थाको विषयमा छर्लङ्ग पार्ने गरेको र सोही वित्तीय विवरणहरुको बारेमा आम सञ्चारमाध्यमले समाचार प्रकाशन गर्दै आएको खण्डनमा उल्लेख गरेको छ ।
यसै सन्दर्भमा गत माघ २४ गत सम्पन्न सिबिफिन कार्यसमितिको बैंठकमा दोस्रो त्रैमासिक वित्तीय विवरणहरुको समीक्षात्मक जानकारीहरुको प्रस्तुती सम्बन्धमा भन्ने एजेण्डामा बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक रुपमा प्रकाशन गरेका दोस्रो त्रैमासको वित्तीय विवरणका मुख्य वित्तीय सूचकहरुको बारेमा प्रस्तुती भएको सिबिफनले उल्लेख गरेको छ । उक्त छलफलमा केही समयदेखि मुलुकको अर्थतन्त्र नै मन्द गतिमा रहेको कारणले कर्जा प्रवाह, ऋण असुली, बैंकिङ गतिविधिहरुमा केही असर परेको देखिएको भए तापनि आर्थिक तथा बैंकिङ गतिविधिहरुले गति लिनासाथ सबैभन्दा बढी व्यवस्थित, पारदर्शी र जिम्मेवार नेपालको बैंकिङ क्षेत्र झन् बढी सर्वशुलभ, आधुनिक, विस्तारित र दर्बिलो बन्दै जाने विषयमा छलफल भएको सिबिफिनको भनाइ छ ।
सो बैठकका कुनै पनि पदाधिकारी तथा सदस्यहरुले समाचारमा प्रकाशित भए जसरी कुनै पनि तथ्थाङ्क वा प्रस्तुती नराखेको सिबिफिनको भनाइ छ ।
यस्तो छ प्रकाशित समाचारः
प्रतिक्रिया