![](https://clickmandu.com/wp-content/uploads/2025/02/arthamantralaya_mcc-768x403.png)
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा विभिन्न विदेशी विकास साझेदारमार्फत गरेको खर्च ३६ अर्ब रुपैयाँ भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको तथ्यांकअनुसार सरकारले विकास साझेदारमार्फत गरेको खर्चमा सबैभन्दा बढी एडीबीबाट भएको छ ।
एडीबीबाट भएको खर्च अन्य विकास साझेदारको तुलनामा धेरै छ । एडीबीबाट सरकारले ७१ अर्ब ५८ करोड रुपैयाँ बजेट पाएकोमा पछिल्लो ६ महिनामा खर्च गरेको ६ अर्ब ७० करोड रुपैयाँ छ ।
सरकारले खर्चको आधारमा विश्लेषण गर्दा एसइएसपी दाताको संयुक्त कोषले विनियोजन गरेको चालू आवको १२ अर्ब ७० करोडको बजेटबाट ४ अर्ब ५३ करोड खर्च गरेको पनि देखिएको छ ।
सरकारले पछिल्लो ६ महिनामा प्राप्त गरेको दातृ निकायको सहयोगको यस्तो रकममा आइडीएको ३९ अर्ब रुयैयाँ बजेटबाट जम्मा ८ अर्ब रुपैयाँ मात्रै खर्च गरेको छ । खर्च प्रतिशतका हिसावले एबीबीको ९.३६ प्रतिशत मात्रै भएपनि सबैभन्दा बढी वैदेशिक सहयोग खर्च हुनेमा आइएमएफ इसीएफको रकम छ । यो नियकाबाट प्राप्त १० अर्बको बजेटमध्ये ३ अर्ब ५३ करोड अर्थात ३५ प्रतिशत खर्च भएको पनि तथ्यांकले देखाएको छ ।
तथ्यांक अनुसार वैदेशिक सहयोग सबैभन्दा कम गर्नेमा एमसीसी परियोजना रहेको छ । पाँच वर्षभित्रै सक्नैपर्ने यो परियोजनामा चालू आवको लागि विनियोजन भएको ९ अर्ब ९० करोड रुपैयाँको बजेटमध्ये ८३ करोड अर्थात जम्ममा ८.४६ प्रतिशत मात्रै खर्च भएको देखिएको छ ।
नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन नेपाल (एमसीए नेपाल)बाट एमसीसीले खर्च गरिरहेको छ । यसले नेपालमा प्रसारणलाई र सडकमा काम गर्दै छ । यसको मुख्य काम भने प्रसारण लाइन नै हो ।
सरकारले चालू आवको पहिलो ६ महिनामा विभिन्न १२ वटा दातृ निकाका अर्थात विकास साझेदारबाट रकम खर्च गरिरहेको छ । यस्तो रकम विकास निर्माणका परियोजनामा खर्च भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
सरकार अनुदानको रकम खर्च गर्नमा उत्साहित भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ को पहिलो ६ महिनामा सरकारले गरेको खर्च २ अर्ब रुपैयाँभन्दा बढीले खर्च बढाएको छ । सरकारले गत आर्थिक वर्षमा गरेको यस्तो खर्च जम्मा ५ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको थियो भने यो वर्षको खर्च ७ अर्ब ७१ करोड रुपैयाँ देखिएको छ । सरकारले गरेको यस्तो खर्च प्रगति कुल बजेट बिनियोजनको तुलनामा ४३ प्रतिशतले बढेको देखिएको छ ।
सरकारले गत आर्थिक वर्षमा ४९ अर्ब रुपैयाँ अनुदानको बजेट विनियोजन गरेको थियो भने यो वर्षलार्य ७७ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य अगाडि सारेको छ ।
सरकारले विकास साझोदारमार्फत गरेको खर्चमा सबैभन्दा बढी एडीबीबाट गरेको छ । एडीबीबाट भको खर्च अन्य विकास साझेदारको तुलनामा धेरै छ ।
एडीबीबाट सरकारले ७१ अर्ब ५८ करोड रुपैयाँ बजेट पाएकोमा पछिल्लो ६ महिनामा खर्च गरेको ६ अर्ब ७० करोड रुपैयाँ छ । सरकारले खर्चको आधारमा विश्लेषण गर्दा एसइएसपी दाताको संयुक्त विनियोजन भएको १२ अर्ब ७० करोड मध्ये ४ अर्ब ५३ करोड खर्च गरेको पनि देखिएको छ ।
![](https://clickmandu.com/wp-content/uploads/2025/02/kharcha_data-768x431.jpg)
प्रतिक्रिया