एजेन्सी । विश्वका सबैभन्दा धनीसमेत रहेका अमेरिकाकी व्यवसायी एलन मस्कको नेतृत्वमा रहेको नयाँ विभागका कर्मचारीले हप्तामा १२० घण्टा काम गर्नुपर्ने भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले खोलेको नयाँ अमेरिकी मन्त्रालय (डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सी) प्रमुख एलन मस्कले दैनिक औसतमा १७ घण्टा काम गर्नुपर्ने बताए ।
सो आधारमा सातामा ६ दिनमात्र काम गर्ने हो भने दैनिक २० घण्टा काम गर्नुपर्नेछ । साताको १२० घण्टा काम अमेरिकी अन्य सरकारी कर्मचारीको तुलनामा तेब्बर बढी हो ।
ट्रम्पले मस्कलाई अमेरिकी गभर्नमेन्ट इफिसियन्सी विभाग प्रमुख बनाएका थिए । अमेरिकामा विभाग भन्नाले मन्त्रालय बराबर हो।
‘हाम्रो देशका अन्य कर्मचारी हप्तामा ४० घण्टा काम गर्छन्, त्यसैले हामी कमजोर बनेका हौं,’ मस्कले भनेका छन्, ‘हाम्रो विभागले साताको १२० घण्टा काम गर्छ ।’
ट्रम्पले मस्कलाई मन्त्री बराबर पदमा नियुक्त गरेको २ हप्तामात्र भएको छ । सरकारी खर्च घटाउने भन्दै ट्रम्पले नयाँ विभाग बनाएका हुन् ।
केही अघिमात्र मस्कले आफ्नै सामाजिक सञ्जाल एक्समा बिदाको दिन काम गर्नुलाई ‘सुपरपावर’ भनेका थिए ।
प्रतिक्रिया