क्लिकमान्डुकर्मी ओझा सेजन अवार्डबाट सम्मानित
काठमाडौ । क्लिकमान्डुकर्मी शरद ओझा सम्मानित भएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औं वार्षिकोत्सवमा आयोजित अर्थतन्त्रको प्रबन्धन विषयक छलफल तथा अवार्ड वितरण समारोहमा क्लिकमान्डुका विशेष संवाददाता ओझा सम्मानित भएका हुन् ।
उनले १ लाख राशिको पुरस्कार प्राप्त गरेका छन्। ओझाले क्लिकमान्डुमा ‘राज्यलाई अर्बौं नोक्सान पुर्याउने गरी अर्थमन्त्री पुनले कसको स्वार्थमा गरे दफा ५७ मा छेडखानी ?‘ शिर्षकमा समाचार लेखेका थिए । सेजन अवार्डका लागि परेका आवेदनबाट उनको समाचारलाई उत्कृष्ट ठहर्याएर पुरस्कार प्रदान गरेको अवार्ड छनोट समितिले जनाएको छ ।
सेजनले विभिन्न अन्य विधामासमेत आर्थिक पत्रकारलाई पुरस्कृत गरेको छ । डा.भोला चालिसे लिवरल जर्नाजिलम अवार्ड सेतोपाटी डटकमका भागवत भट्टराई, प्रिन्ट मिडिया अवार्ड कारोबार दैनिककी कौशिला कुँवर र डिजिटल अवार्ड १२ खरी डटकमका कमल धितालले प्राप्त गरे ।
क्लिकमान्डुको नियमित फलोअपपछि ठूला कम्पनीले कर छल्न सक्ने र राज्यलाई अर्बौं नोक्सानी हुने आर्थिक विधेयकमा गरिएको उक्त व्यवस्था संशोधन भएको थियो । संसदमा भएको दफावार छलफलमा सांसदले उठाएको विषय समेट्दै आर्थिक विधेयकको प्रस्तावित व्यवस्था संशोधन गरेको यो पहिलो घटना हो ।
यस्तै कार्यक्रममा स्व डा भोला चालिसे लिबरल ईकोनोमि जर्नालिजम अवार्ड सेतोपाटी डटकमका भागवत भट्टराईले पाएका छन्। ५१ हजार पुरस्कार राशीको रहेको छ ।
प्रिन्टतर्फ कारोबार दैनिककी कौसिला कुँवरले प्राप्त गरेकी छिन् । यस्तै डिजिटल मिडिया अन्तरगत १२ खरि डटकमका कमल धितालले पुरस्कार पाएका छन् । प्रिन्ट र डिजिटल मिडिया अवार्डको राशी ५० हजार रहेको छ ।