
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ९०० र चाँदी ४० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार रुपैयाँ र प्रतितोला चाँदीको मूल्य ४ हजार २४० रुपैयाँ निर्धारण भएको छ ।
गत शुक्रबार एक तोला सुनको मूल्य दुई लाख ८२ हजार १०० र चाँदी चार हजार २०० मूल्यमा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज एक औंस सुन चार हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





प्रतिक्रिया