
काठमाडौं । अग्नि ग्रुप अन्तर्गतको प्युजो मोटरसाइकल्स नेपालले सोइरे फ्राँसेज – अ नाइट अफ फ्रेन्च एलीगेन्स’ शीर्षकमा विशेष फ्रेन्च फाइन डाइनिङ कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं स्थित ला टेरासमा आयोजित उक्त विशेष साँझमा प्युजोका विशिष्ट ग्राहक, व्यावसायिक साझेदार तथा फ्रान्सेली संस्कृतिप्रति आत्मियता राख्ने अतिथिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमले फ्रान्सको समृद्ध सांस्कृतिक विरासत र त्यसको प्रेरणादायी भावनालाई सम्मान गर्दै आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य बोकेको थियो ।
सन् २०२६ को फिफा विश्वकपमा फ्रान्सेली टोलीले प्रदर्शन गरेको समर्पण, दृढता, उत्कृष्टता र एकताको भावनाबाट प्रेरित यस कार्यक्रमले खेलको नतिजाभन्दा माथि उठेर फ्रान्सेली खेल संस्कृतिको अदम्य भावना र त्यसको विरासतलाई सम्मान गरेको थियो । यी मूल्यहरू प्युजो ब्रान्डको दीर्घकालीन पहिचानसँग समेत मेल खाने भएकाले कार्यक्रमले त्यसैको प्रतिबिम्ब प्रस्तुत गरेको थियो ।
कार्यक्रममा सहभागी अतिथिहरूले बिभिन्न फ्रेन्च परिकार, पेरिस प्रेरित आकर्षक सजावट तथा आत्मिय वातावरणमा नेटवर्किङको अनुभव लिएका थिए ।
यस अवसरले प्युजोको फ्रान्सेली सम्पदालाई झल्काउँदै आफ्ना ग्राहकप्रति कृतज्ञता व्यक्त गर्नुका साथै नेपालमा प्युजो समुदायसँगको सम्बन्धलाई अझ मजबुत बनाउने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।
यस अवसरमा प्युजो मोटरसाइकल्स नेपालका प्रतिनिधिहरूले गुणस्तरीय गतिशीलता (मोबिलिटी) समाधानसँगैग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको जीवनशैली अनुभव प्रदान गर्ने तथा विश्वव्यापी रूपमा प्युजोले प्रतिनिधित्व गर्ने मूल्य र परम्परालाई निरन्तर अघि बढाउने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेका थिए ।
कार्यक्रमको समापन फ्रान्सेली संस्कृति, मित्रता र उत्कृष्टताको साझा भावनाप्रति सम्मान व्यक्त गर्दै गरिएको टोस्ट का साथ भएको थियो ।
सहभागीहरूले अविस्मरणीय अनुभव बटुल्दै प्युजो मोटरसाइकल्स नेपालले आफ्ना ग्राहकसँग सिर्जना गर्दै आएको प्रिमियम सम्बन्धलाई अझ सुदृढ बनाएको विश्वास व्यक्त गरेको छ ।





प्रतिक्रिया