दुर्घटनास्थल पुगेर फर्किएका पर्यटनमन्त्रीले भने: हेलिकप्टर देब्रेतिर मोडेर फेरि दाहिनेतिर फर्किए जस्तो देखियो



काठमाडौं । पर्यटन बद्री पाण्डेले मौसम खराब भएपछि एयर डाइनेस्टीको हेलिकप्टर काठमाडौं फर्कन खोज्दा दुर्घटनामा परेको जस्तो देखिएको बताएका छन् ।

बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री पाण्डेले आफूहरु स्थलगत अनुगमनमा जाँदा विमान काठमाडौं फर्कन खोजेको जस्तो देखिएको बताए ।

‘हामी आज जाँदा त्यो हेलिकप्टर यता (काठमाडौं) फर्किन लागेको जस्तो देखिन्थ्यो । मौसम बिग्रिएपछि हेलिकप्टर फर्काउन खोजेको देखिन्छ । झोरमाथि जहाँ काठमाडौं र नुवाकोटको नाका छ त्यहाँ केही माथिमात्र,’ बैठमा उनले भने,’हेलिकप्टर देब्रेतिर मोडिदा रुख बुट्यानहरु काटिएका छन् । र ५/ ६ मिटर तल फेरि दाहिनेतिर रुखहरु काटिएको देखिएको छ ।’

रुखहरु काटिएको स्थानबाट ५० मिटरजति तल गएर हेलिकप्टर खसेको र ठोक्किकएको देखिने उनले बताए ।

हेलिकप्टरको पछिल्लो भाग राम्रै देखिएको उनले बताए ।

स्याफ्रुबेसीमा अमेरिकी नागरिकलाई लिन जाँदै गरेको चर्टर्ड हेलिकप्टरमा यहाँबाट चिनियाँ नागरिक
गएको देखिने उनले बताए । ‘चिनियाँ नगरिकले चार्टर्ड भएको जहाज प्रयोग गरेको देखिन्छ,’ उनले भने, ‘ति मध्ये कसैलाई चाडै घर जानु पर्ने थियो ।’

काठमाडौंबाट स्याफ्रुबेसी जाँदा केहि समय टावरसँग सञ्चार सम्पर्क विच्छेद हुने क्यानका अधिकारीहरुले बताएको उनले जनाए । पोखराबाट जोमसोम जाँदा ७/८ मिनेट टावरसँग सम्पर्क बिच्चेद भएजस्तो सो ठाउँमा पनि भएको हुन सक्ने र बिच्चेद भएपछि सम्पर्कको प्रयास गरिएको उनले बताए ।

‘इनटीले आर्लाम संकेत दिने रहेछ । त्यो पनि आएन । प्रयास गर्दै जाँदा दुर्घटना नै भएको हो कि भन्दै सम्पर्क गर्दै जाँदा स्थानीयले आवाज आएको जानकारी गराए । त्यहाँको सेनाको क्याम्पले विमानस्थलमा रहेको सेनालाई सम्पर्क गरेको थियो’ उनले भने ।

मौसम त्यहाँको दुर्घटना भएको बेलामा प्रतिकुल रहेको उनले बताए । उद्धारका लागि गएको प्रभु एयरको हलि मौसमका कारण हिजो फर्कन नसकेको र आजमात्र फर्किएको उनले बताए ।

हिजो काठमाडौं र स्याफ्रुबेसीको मौसम ठिक भए पनि सूर्यचौर क्षेत्रमा मौसम बिग्रिएको प्राधिकरणले आफूलाई जानकारी दिएको उनले बताए ।

मन्त्री पाण्डेले दुर्घटनापछि छानबिन आयोग बनाउने र त्यसले प्रतिवेदन दिने तर कार्यान्वय नहुने कुराले समस्या जटिलता तिर जाने उनले बताए ।

सम्बन्धित समाचार

६ अमेरिकी उडाउन अनुमति पाएको डाइनेस्टीको हेलिकप्टरले चिनियाँ लगेको खुलासा
डाइनेस्टी एयर दुर्घटनामा गम्भीर गल्ती: दुर्घटनाको ४८ मिनेटपछि उद्धार, कम्पनीको ‘भि टु ट्रयाक’ मा समस्या
नेपाली आकाशको सुरक्षामा नियामकको हेलचेक्र्याइँ बन्द गर
डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिनका लागि ३ सदस्यीय आयोग बनाउने सरकारको निर्णय
हेलिकप्टर दुर्घटना: ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
हेलिकप्टर दुर्घटना: क्याप्टेन मल्लसहित यी हुन् ५ मृतक (सूचीसहित)
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ४ चिनियाँ एकै परिवारका हुनसक्ने
काठमाडौंबाट उडेको ३ मिनेटमै टावरसँग हेलिकप्टरको सम्पर्क विच्छेद
वडाध्यक्षको बयान: हेलिकप्टर रुखमा ठोकिँदा रुख नै जलेको छ, पाँचै जनाको शव भेटियो
२० मिनेटमा स्याफ्रुबेसी पुग्नुपर्ने हेलिकप्टर १ घण्टासम्म सम्पर्कमा नहुँदा विमानस्थलको वेवास्ता
सूर्यचौरका वडाध्यक्ष भन्छन्- ‘हेलिकप्टर दुर्घटनास्थलमा बादल र तुवाँलो छ’
डाइनेस्टीको हेलिकप्टर खोज्न गयो प्रभु एयरको हेलिकप्टर
एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटना हुँदा आगो लाग्यो, ४ चिनियाँ यात्रु लिएर जाँदै थियो स्याफ्रुबेसी
५ जना सवार एयर डाइनेस्टिको हेलिकप्टर काठमाडौंको शिवपुरीबाट सम्पर्कविहीन


क्लिकमान्डु