नेपाली आकाशमा ४१ हेलिकप्टर दुर्घटना, ९८ जनाको ज्यान गयो



काठमाडौं । नेपाली आकाशमा हालसम्म ४१ वटा हेलिकप्टर दुर्घटना भएका छन् । बुधबार नुवकोटमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाले ज्यान गुमाए । यसअघि सोलुखुम्बुको नाम्चेमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा एक जना पाइलटको ज्यान गएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको सन् २०२३ को जुलाई ११ सम्मको तथ्यांक अनुसार त्यस अवधिसम्म ३९ वटा दुर्घटना भएका थिए । प्राधिकरणले तथ्यांक अद्यावधिक गरेपछि गत २७ असोज २०८० मा मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको थियो भने बुधबार भएको हवाई दुर्घटनाले नेपाली आकासमा हुने दुर्घटनाको दर बढाएको छ ।

पछिल्लो समय ९ साउनमा सौर्य एयरलाइन्सको दुर्घटनामा भएको दुई साता नबित्दै भएको अर्को हवाई दुर्घटनाले नेपाली हवाई क्षेत्रलाई युरोपेली युनियन (ईयू)को सुरक्षा सुची (कालोसूची)लाई थप समय लम्बाउने भएको छ ।

हवाई दुर्घटना बढेकै कारण नेपालको उड्डयन सुरक्षामा सुधार हुन नसकेको भन्दै ईयूको कालोसूचीमा नेपाली वायुसेवा सन् २०१३ देखि पर्दै आएको छ ।

हालसम्म भएका ४१ वटा हवाई दुर्घटनामध्ये १८ वटा दुर्घटनामा मानवीय क्षति भएको छैन भने बाँकी २३ दुर्घटनामा मात्रै ९८ जनाले ज्यान गुमाएको उड्डयन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

नागरिक उड्ययन प्राधिकरणको तथ्यांक अनुसार २७ डिसेम्बर १९७९ मा लेटाङमा भीभीआईपी हेलिकप्टर दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए । पछिल्लो पटक मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना भएको थियो । ११ जुलाई २०२३ मा भएको उक्त दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए ।\

सम्बन्धित समाचार

डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिनका लागि ३ सदस्यीय आयोग बनाउने सरकारको निर्णय
लुक्लामा १६ वर्षअघि हेलि दुर्घटनामा बाँचेका क्याप्टेल मल्ल माओवादी अपहरणमा पनि परेका थिए
हेलिकप्टर दुर्घटना: ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
हेलिकप्टर दुर्घटना: क्याप्टेन मल्लसहित यी हुन् ५ मृतक (सूचीसहित)
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ४ चिनियाँ एकै परिवारका हुनसक्ने
काठमाडौंबाट उडेको ३ मिनेटमै टावरसँग हेलिकप्टरको सम्पर्क विच्छेद
वडाध्यक्षको बयान: हेलिकप्टर रुखमा ठोकिँदा रुख नै जलेको छ, पाँचै जनाको शव भेटियो
२० मिनेटमा स्याफ्रुबेसी पुग्नुपर्ने हेलिकप्टर १ घण्टासम्म सम्पर्कमा नहुँदा विमानस्थलको वेवास्ता
सूर्यचौरका वडाध्यक्ष भन्छन्- ‘हेलिकप्टर दुर्घटनास्थलमा बादल र तुवाँलो छ’
डाइनेस्टीको हेलिकप्टर खोज्न गयो प्रभु एयरको हेलिकप्टर
एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटना हुँदा आगो लाग्यो, ४ चिनियाँ यात्रु लिएर जाँदै थियो स्याफ्रुबेसी
५ जना सवार एयर डाइनेस्टिको हेलिकप्टर काठमाडौंको शिवपुरीबाट सम्पर्कविहीन


क्लिकमान्डु