नगद मार्जिन कडाइपछि पनि देखिएन असर, पुरानै लयमा फर्कियो आयात



काठमाडौं । राष्ट्र बैंकले उच्च आयातका कारण विदेशी सञ्चिती घट्दै गएको भन्दै लागू गरेको प्रतितपत्र (एलसी) मा शतप्रतिशत र ५० प्रतिशत मार्जिन राख्ने नीतिले पनि आयातमा कुनै असर देखिएको छैन ।

गत माघ महिनामा केही मात्राले आयात कम भएपनि फागुनको तथ्यांक हेर्दा आयातमा कुनै असर देखिएको छैन ।

नेपाल राष्ट्र बैंकले गत पुस ५ गते २० वस्तु र गत माघ २८ गते थप २७ वस्तु गरी ४७ वटा वस्तुमा नगद मार्जिनको व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, श्रृंगार सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छाकोठाका सामग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचर, कार्पेट, जाम, भेनेगर, गार्मेन्टलगायत अन्य विभिन्न वस्तु आयातगर्दा शतप्रतिशत नगद मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्था गरेको थियो ।

माघ महिनामा लागू गरिएको एलसीको खासै प्रभाव नपरे पनि पुस महिनामा लागू गरेको एलसीले गर्दा आयात घट्ने सबैको अनुमान थियो । पुस महिनामा लागू गरेको एलसीले फागुनबाट प्रत्यक्ष ?पमा असर देखिने सरोकारवालाहरूको बताएका थिए ।

तर, फागुन महिनामा अनुमानभन्दा विपरीत ?पमा आयात भएको छ । विगतका दिनमा मासिक ?पमा १ खर्ब ६० अर्बभन्दा बढी मूल्य बराबरको आयात हुँदै आएकोमा माघ महिनामा नयाँ नीतिकै कारण आयात डेढ खर्ब तल झरेको थियो ।

फागुन महिनामा १ खर्ब ६१ अर्ब २७ करोड ४ लाख ?पैयाँको वस्तु आयात भएको छ । माघमा नेपालले १ खर्ब ४८ अर्ब १२ करोड १७ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।

त्यस्तै, नेपालले पुस महिनामा १ खर्ब ६० अर्ब ९३ करोड ४४ लाख, मंसिरमा १ खर्ब ८८ अर्ब ११ करोड ३९ लाख, कात्तिकमा १ खर्ब ७१ अर्ब ७७ करोड १० लाख, असोजमा १ खर्ब ६४ अर्ब ६१ लाख, भदौमा १ खर्ब ६३ अर्ब ७८ करोड ५३ लाख र साउनमा १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख ?पैयाँको वस्तु आयात गरेको थियो ।

यस्तो छ मासिक आयातको अवस्थाः


क्लिकमान्डु