धर्मका नाममा ठगी गरेको भन्दै इस्कोनबाट निकालिए ५ जना

2.5k
Shares

फाइल तस्बिर

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ(इस्कोन) ले संस्थाको हित विपरित काम गरेको भन्दै पाँचजनालाई निष्काशन गरेको छ ।

इस्कोनले विज्ञप्ती जारी गर्दै संस्थाको हितविपरित काम गरेको भन्दै वसन्त पराख गुरुङ (भक्तिसिद्धान्त दास), शैलेन्द्र यादव(सिद्धस्वरुप दास), मनिष राई (मनः शिक्षा दास), विनिश यादव(विपिनविहारी दास) र खगेन्द्रबहादुर बस्नेत(खगराज अच्युत दास) लाई निष्काशन गरिएको जनाएको छ ।

भक्तिसिद्धान्त दास र विपिन विहारी दासले संस्थाको नाम, ख्याती तथा वौद्धिक सम्पति(ट्रेडमार्क) दुरुपयोग गरी जनमानसमा भ्रमपूर्ण परिस्थिति सिर्जना गरेको तथा सिद्धस्वरुप दास, मनः शिक्षा दास र खगराज अच्युत दासले संस्थाविरुद्ध आपराधिक विश्वासघाट तथा ठगी गरेको अभियोग लगाउँदै इस्कोनले उनीहरुलाई निष्काशन गरेको जनाएको छ ।