जिल्ला बाहिरबाट गएर पाथीभरा केबलकारको बिरोध भयो: चन्द्र ढकाल

455
Shares

महोत्तरी । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका आइएमई ग्रुपका अध्यक्ष चद्र ढकालले पाथीभरा केबलकार निर्माण सुरु भएपछि जिल्लाबाहिरका मानिसहरु गएर बिरोध गरेको बताएका छन् ।

बुधबार महोत्तरीमा देशकै सबैभन्दा ठूलो कागज उद्योग नेपाल पल्प एण्ड पेपर इड्रट्रिजको उद्घाटन कार्यक्रममा ढकालले पाथीभरा स्थानीय मागको परियोजना भएको बताए । उनकाअनुसार त्यहाँको पर्यावरण कायम गरेर केबलकार निर्माण गर्न लागिएको हो ।

मेगा आयोजना सुरु भएपछि जिल्ला बाहिरबाट गएर अवरोध भएको भन्दै उनले गुनासो गरे । यसले विदेशी लगानीलाई समेत प्रभावित पार्ने उनको भनाइ छ ।

ढकालको नेतृत्वमा महोत्तरीमा २ अर्ब बढीको लगानीमा देशकै सबैभन्दा ठूलो कागज उद्योग स्थापना भएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त उद्योगको उद्घाटन गरेका छन् ।