सेबोनको कारबाहीः हिमालयन डिष्टिलरीका शाहलाई ७५ हजार र ब्रोकरलाई १ लाख ५० हजार जरिवाना



काठमाडौं । धितोपत्र बोर्ड (सेबोन)ले हिमालयन डिष्टिलरीका पूर्व सञ्चालक रहिशा शाह श्रेष्ठलाई कारबाही गरेको छ ।

नियम विपरीत सेयर बिक्री गरेको भन्दै सेबोनले शाहलाई ७५ हजार रूपैयाँ जरिवान गर्ने  निर्यण गरेको छ । साथै  ब्रोकर कम्पनी श्री इन्भेस्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रालिलाई  १ लाख ५० हजार रूपैयाँ जरिवाना गराउने निर्णय गरेको छ ।

 

पूर्व सञ्चालक शाहले नियम विपरित चैत ६ गते २७ करोड २६ लाख ९ हजार ८२ रुपैयाँ बराबरको सेयर बिक्री गरेकी थिइन ।

नियामकको आँखा छल्दै साह परिवारले बेच्यो हिमालयन डिस्टिलरीको करोडौंको सेयर (विवरणसहित)

उनले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) मा धितोपत्र सम्बन्धी ऐन विपरीत सेयर बिक्री गरेको भन्दै ७५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

धितोपत्र सम्बन्धि ऐन २०६३ को दफा १०८ बमोजिम कारबाहीमा परेका सञ्चालक वा कार्यकारी प्रमुख कुनै पनि सूचीकृत संस्थाको १० वर्षसम्म सञ्चालक वा कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार उनलाई १० वर्षसम्म कुनै पनि सूचिकृत संगठित संस्थाको सञ्चालन हुन नपाउने गरी कारबाही गरेको बोर्डका सह-प्रवक्ता रूपेश केसीले क्लिकमाण्डूलाई जानकारी दिए  ।

यस्तै धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) विपरीत कारोबार गरेको भन्दै धितोपत्र दलाल व्यवसायी इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रा.लि.लाई एक लाख ५० हजार रुपैयाँ जरिवाना गरेको जानकारी दिएको छ ।

शाहले इन्भेस्टमेन्ट म्यानेजमेन्ट नेपाल नामक ब्रोकरबाट २०७६ चैत ६ गते २ लाख १३ हजार १८३ कित्ता सेयर २७ करोड २६ लाख ९ हजार ८२ रुपैयाँमा बिक्री गरेकी थिइन् ।

यता श्री इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रा.लि.ले कारोबारको पूर्ण विवरण सहितको अभिलेख नराखेको तथा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशन, २०७६ को दफा ६ को उपदफा (२) तथा दफा १० बमोजिम ग्राहक पहिचान लगायत अन्य आवश्यक जानकारी अद्यावधिक नगरेको भन्दै कारबाही गरिएको बोर्डका प्रवक्ता निरज गिरीले बताए ।

हिमालयन डिस्टिलरीको सेयर बिक्री प्रकरणः सेबोनले नेप्सेसँग डाटा माग्यो, रिपोर्ट अन्तिम चरणमा

नेपाल स्टक एक्सचेन्जमा हिमालयन डिस्टिलरीको ५७ लाख ८४ हजार ६८३ कित्ता सेयर सूचिकृत छ । उनले बिक्री गरेको सूचिकृत सेयरको ३.६९ प्रतिशत हो । जुन विनियमावलीले गरेको व्यवस्था विपरीतको कारोबार हो ।

नियम अनुसार एकदिनमा ५ कराेड रूपैयाँ भन्दा बढिकाे काराेबार गर्न नपाइने भएपनि श्रेष्ठले २७ करोडको सेयर एकैदिन बिक्री गरेकी थिइन ।

यस्तै चुक्ता पुँजीको १ प्रतिशतभन्दा बढी हुन नहुने आधारलाई हेर्दा कम्पनीको चुक्ता पुँजी ५७ करोड ८४ लाख ६८ हजार ३ सय रुपैयाँ छ । यसको १ प्रतिशत मात्रै सेयर बिक्री गर्न पाउने हो भने पनि ५७ लाख ८४ हजार ६८३ को मात्रै सेयर बिक्री गर्न पाइने थियो । त्यो पनि सञ्चालक समितिको सदस्यबाट राजीनामा दिएको १ वर्षपछि ।

यतिमात्रै होइन श्रेष्ठले सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका-२०७४ मा भएको व्यवस्थालाई पनि उल्लंघन गरेकी थिइन ।

हिमालयन डिस्टिलरी लिमिटेडकी संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने श्रेष्ठले व्यक्तिगत कारण देखाइ २०७६ भदौ १८ गते राजीनामा दिइन् ।

उनको राजीनामा भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गर्यो । कम्पनीले भदौ ३० गते नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गरायो ।

बोर्डको नियमावलीमा भएको व्यवस्थाअनुसार श्रेष्ठले १ वर्ष अर्थात् २०७७ भदौ २५ गतेसम्म आफ्नो नाममा रहेको कुनै पनि सेयर बिक्री गर्न पाउँदिनन् । तर उनले बोर्डको नियमावलीको वास्तै नगरी आफ्नो नाममा भएको २ लाख १३ हजार १८३ कित्ता सेयर बिक्री गरिन । जुन विनियमावलीको ३८ ‘क’ को विपरीत छ ।

कानून विपरीत हिमालयन डिस्टिलरीको सेयर बिक्री प्रकरणः धितोपत्र बोर्डले छानविन थाल्यो

 


क्लिकमान्डु