कानून विपरीत हिमालयन डिस्टिलरीको सेयर बिक्री प्रकरणः धितोपत्र बोर्डले छानविन थाल्यो



काठमाडौं । हिमालयन डिस्टिलरीकी पूर्वसञ्चालक रहिशा श्रेष्ठ साहले कानून विपरीत सेयर बिक्री गरेकोबारे नेपाल धितोपत्र बोर्डले छानविन शुरु गरेको छ ।

श्रेष्ठले कानून वितरीत सेयर बिक्री गरेको तथ्यसहित क्लिकमाण्डूले समाचार प्रकाशित गरेपछि यसबारेमा बोर्डले छानविन प्रक्रिया अघि बढाएको हो ।

‘उक्त कारोबारको विषयमा धितोपत्र बोर्डको ध्यानाकर्षण भएको छ, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले क्लिकमाण्डूसँग भने ‘यो विषयमा बोर्डले छानविन शुरु गरिसकेको छ ।’

बोर्डको छानविनमा दोषी देखिए कानूनअनुसार कारबाही हुने ढुंगानाले बताए ।

‘कुन कुन पक्षको गल्ती भएको छ भनेर छानविन गरेपछि देखिन्छ र दोषीलाई कारबाही हुन्छ,’ उनले भने ।

नियामकको आँखा छल्दै साह परिवारले बेच्यो हिमालयन डिस्टिलरीको करोडौंको सेयर (विवरणसहित)

रहिसाले आफू हिमालय डिस्टिलरीको सञ्चालकबाट राजीनामा दिएको साढे ६ महिना नबित्दै एकैदिन ठूलो परिमाणमा सेयर बिक्री गरेकी थिइन् ।

उनले आफूसँग भएको सेयरमध्ये २ लाख १३ हजार १८३ कित्ता सेयर २७ करोड २६ लाख ९ हजार ८२ रुपैयाँमा सेयर बिक्री गरेकी थिइन् ।

उनले उक्त रकमको सेयर कारोबार गर्दा नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्काशन नियमावली( २०७३, धितोपत्र कारोबार सञ्चालन विनियमावली र सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका(२०७४ मा भएको व्यवस्था विपरित सेयर बिक्री गरेको तथ्थसहित क्लिकमाण्डूले समाचार सम्प्रेषण गरेको थियो ।

सूचिकृत संठगित संस्थाको सञ्चाल रहेको व्यक्तिले १ वर्षसम्म आफुसँग भएको सेयर बिक्री गर्न पाइँदैन ।

श्रेष्ठले २०७६ भदौ २५ गते राजीनामा दिएर २०७६ वैशाख ६ गते आफूसँग भएको २ लाख १३ हजार १८३ कित्ता सेयर एकै दिन २७ करोड २६ लाख ९ हजार ८२ रुपैयाँको सेयर एकैदिन बिक्री गरिन । जुन कानून विपरीत छ । रहिशाले सेयर बिक्री गर्दा कानून मिचिएपछि बोर्डले छानविन थालेको हो ।


क्लिकमान्डु