अर्बपति परिवारमा सम्पत्तिको झगडा: रुप ज्योतिले गरेको भाजुरत्नको साधारणसभा गैरकानूनी ! (पत्रसहित)



काठमाडौं । एक सय वर्ष पुरानो र प्रतिष्ठित मानिएको व्यापारिक घराना ज्योति ग्रुपमा सम्पत्तिको विषयलाई लिएर उत्पन्न भएको विवाद उत्कर्षमा पुगेको छ ।

परिवारभित्रै मिल्नुपर्ने सम्पत्ति बाँडफाँडको विवाद प्रहरीकहाँ मात्रै पुगेन कम्पनी रजिष्ट्रार कार्यालयसम्म पुगेको छ ।

ज्योति परिवारभित्र आफ्नो बहुमत स्वामित्व भएको सम्पत्ति हड्प्ने प्रवृत्ति हावी भएको देखिन्छ ।

ज्योति परिवारको विवाद भएको मूख्य कम्पनी हो भाजुरत्न इन्जिनियरिङ एण्ड सेल्स लिमिटेड । यो कम्पनीका अध्यक्ष हुन् पद्म ज्योति । ज्योति ग्रुपका अध्यक्ष पनि पद्म ज्योति हुन् । पद्मका भाई डा. रुप ज्योति यो समूहका उपाध्यक्ष हुन् ।

व्यापार व्यवसाय राम्रैसँग चलिरहेको थियो । दाजुभाईबीच फाट्टफुट्ट विवाद भएपनि परिवारभित्रै बसेर मिलाउँदै ज्योति समूहले आफ्नो व्यापारिक विस्तार पनि गरिरहेको थियो ।

तर, जब ०७६ साल कात्तिक २१ गते डा. रुप ज्योति पक्राउ परे । तब यो व्यावसायिक घरानाभित्र रडाको मच्चियो ।

कम्पनी रजिष्ट्रारको कार्यालयलको निर्देशनअनुसार भाजुरत्न इन्जिनियरिङ एण्ड सेल्स प्रालिको पूरानै सञ्चालक समिति व्यूँतिएसँगै डा. रुप ज्योतिलाई गंभीर झड्का लागेको छ ।

डा. रुप ज्योति र उनकी छोरी हाउजिङको कारोबारमा ठगी गरेको आरोपमा पक्राउ परे । तब भाजुरत्न इन्जिनियरिङ एण्ड सेल्स कम्पनीको माउ कम्पनीले नेपालको आधिकारिक बिक्रेता परिवर्तन गर्ने निधो गर्यो ।

‘कम्पनीको उपाध्यक्ष ठगी आरोपमा जेल गएकाले उक्त कम्पनीलाई हामीले आधिकारिक बिक्रेता मान्न सक्दैनौं’ भन्दै माउ कम्पनीले नयाँ बिक्रेता खोज्न थाल्यो । अनि सक्रिय भए पद्मका कान्छा छोरा अर्थात् डा. रुपका भतिज सुहृत ज्योति ।

व्यावसायिक घराना ज्योति परिवारमा सम्पत्तिको लफडा, भतिजाविरुद्व रुप ज्योतिले प्रहरी गुहारे

वर्षौंदेखि आफूहरुले लिएको डिलरसिप नफुत्कियोस् भनेर उनले भाजुरत्न प्रालि नामक कम्पनी खोलेर भाजुरत्न इन्जिनियरिङ सेल्स कम्पनीबाट बिक्री हुने ट्याक्टरको डिलर आफूसँगै राखे ।

शुहृतले खोलेको भाजुरत्नले भैरवहाको डिलरबाट काम गरिरहेको छ भने बीरगञ्जबाट हुने कारोबार डा. रुप ज्योतिको भाजुरत्न इन्जिनियरिङ सेल्स कम्पनीनै गरिरहेको छ ।

तर रुप ज्योतिले भने आफ्नो नाममा भएको भाजुरत्न इन्जिनियरिङ एण्ड सेल्सबाट हुने ट्याक्टरको डिलर भाजुरत्न प्रालि नामक अर्को कम्पनी खोलेर भजिज शुुहृतले व्यापार हडपेको आरोप लगाएका छन् ।

परिवारभित्रै यो विषयमा धेरै छलफल भयो । तर कुरा मिलेन ।

विवाद बढ्दै गएपछि गत बैशाख १० गते कम्पनीको विशेष साधारणसभा गरेर पद्म ज्योतिका भाई डा. रुप ज्योतिले सञ्चालक समिति पुनर्गठन गरी आफू अध्यक्ष भए ।

साधारणसभाले गरेको निर्णयको माइन्यूट कम्पनी रजिष्ट्रारको कार्यालयको अनलाइन सेवामा अपलोड पनि गरे । कम्पनी रजिष्ट्रारको कार्यालयले उक्त निर्णयलाई सदर पनि गरिदियो ।

विवाद झन् झन् बढ्दै गयो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायीहरुलाई व्यवसायिक आंचारसहिताको लागि पैरवी गर्ने संस्था राष्ट्रिय व्यवसायिक पहलका पूर्वअध्यक्ष रहेका पद्म ज्योति र अमेरिकाको हाडर्वर्ड विश्वविद्यालयबाट विद्यावारिधी गरेका वौद्धिक तथा विपश्यना ध्यान गर्ने पूर्वअर्थराज्य मन्त्रीसमेत रहेका डा। रुप ज्योति परिवारभित्रको झगडा मिलाउन असफल देखिएका छन् ।

त्यसपछि असार २५ गते डा. रुप ज्योतिले भतिजाद्धय सौरभ र शुुहृत ज्योतिले आफ्नो हकदावी लाग्ने सम्पत्ति हडपेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखामा उजुरीसमेत दिन भ्याए ।

प्रहरीले दुबै पक्षलाई बोलाएर यो पारिवारिक विवाद भएकाले परिवारभित्रै बसेर वा कम्पनी रिजट्रारको कार्यालय गएर मिल्न सुझाव दियो । प्रहरीले त्यहाँ पनि नमिले अदालत जान सुझाएको थियो ।

‘डा. रुप ज्योति आफ्ना भतिजाविरुद्ध किटानी जाहेरी दिन आउनुभयो हामीले उहाँको जाहेरी दर्ता गरेनौं, त्यसपछि पद्म, सौरभ र शुहृत ज्योतिजी आएर रुप ज्योतिविरुद्ध किटानी जाहेरी दिन्छौं भन्नुभयो,’ अपराध महाशाखाका एसएसपी दिपक थापाले क्लिकमाण्डूसँग भने, ‘हामीले प्रहरीले यस्तो उजुरी लिन मिल्दैन, सकेसम्म परिवारभित्रै मिलाउनुहोस्, नत्र कम्पनी जिष्ट्राकहाँ जानुहोस्, त्यहाँ पनि मिलेन भने अदालत जानुहोस् भनेर दुबै पक्षलाई फिर्ता पठाइदियौं ।’

ज्योति परिवारमा अंशबन्डा, हिमालयन बैंकको २४ करोड सेयर खरिदबिक्री

भाजुरत्न इन्जिनियरिङ एण्ड सेल्स प्रालिमा डा. रुप ज्योति, उनका छोरा र छोरीको गरी ६६ प्रतिशत सेयर स्वामित्व छ । अध्यक्ष रहेका पद्म ज्योतिको परिवारमा ३४ प्रतिशतमात्रै सेयर स्वामित्व छ ।

बहुमतको आडमा डा. रुप ज्योतिको परिवारले अध्यक्ष रहेका पद्म ज्योतिलाई थाहै नदिई गत बैशाख १० गते विशेष साधारणसभमार्फत् सञ्चालक समितिको पुनर्गठन तथा अध्यक्ष परिवर्तन गर्यो ।

उक्त साधारणसभा गैरकानूनी भएको भन्दै पद्म ज्योतिले कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिए । उजुरी उपर रजिष्ट्रारको कार्यालयलले अध्ययन अनुसन्धान गर्यो । र, कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालयले विशेष साधारणसभाको प्रक्रिया नपुगेको भन्दै बैशाख १० गते भएको भनिएको विशेष साधारणसभा र त्यसका निर्णयहरु कार्यान्वयन नगर्न भाजुरत्न इन्जिनियरिङ एण्ड सेल्सलाई साउन १८ गते निर्देशनसहितको पत्र पठाएको छ ।

‘कम्पनी ऐन २०६३ को दफा ६७ को उपदफा २ बमोजिम विशेष साधारणसभा गर्ने ठाउँ, मिति र छलफल गर्ने विषय खोली कम्पनीका अध्यक्ष पद्म ज्योतिलाई जानकारी दिएको नदेखिएको तथा १५ दिन अगावै विशेष साधारणसभा गर्नका निमित्त राष्ट्रियस्तरको दैनिक पत्रिकामा कम्तिमा २ पटक सूचना प्रकाशन गरेको नदेखिएकाले त्यस कम्पनीको मिति २०७७/०१/१० गते भएको विशेष साधारणसभा, सोबाट सञ्चालक समितिको पुनर्गठन हुनेगरी भएको कार्य र सो बमोजिम गरिएको जानकारी विद्युतीय अभिलेखको अपलोड र यस कार्यालयबाट गरिएको अभिलेख दर्ता समेतले मान्यता पाउन नसक्ने भएको हुँदा साविक सञ्चालक समिति र सो समितिका पदाधिकारीलाई यथावत कायम राख्नू भन्ने समेत व्यहोराको मिति २०७७/०४/१८ मा निर्णय भएकाले कम्पनी ऐन २०६३ को दफा १२० को उपदफा ३ बमोजिम निर्णयअनुसार गर्नु गराउनु हुन यो निर्देशन जारी गरिएको ब्यहोरा अनुरोध छ,’ कम्पनी रजिष्ट्रारले पठाएको पत्रमा भनिएको छ ।

 

कम्पनी रजिष्ट्रारको कार्यालयलको निर्देशनअनुसार भाजुरत्न इन्जिनियरिङ एण्ड सेल्स प्रालिको पूरानै सञ्चालक समिति व्यूँतिएसँगै डा. रुप ज्योतिलाई गंभीर झड्का लागेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायीहरुलाई व्यवसायिक आंचारसहिताको लागि पैरवी गर्ने संस्था राष्ट्रिय व्यवसायिक पहलका पूर्वअध्यक्ष रहेका पद्म ज्योति र अमेरिकाको हाडर्वर्ड विश्वविद्यालयबाट विद्यावारिधी गरेका वौद्धिक तथा विपश्यना ध्यान गर्ने पूर्वअर्थराज्य मन्त्रीसमेत रहेका डा। रुप ज्योति परिवारभित्रको झगडा मिलाउन असफल देखिएका छन् ।

रुप ज्योतिको आरोप के छ ?

रुप ज्योतिले पहिलो आरोप भतिजा सौरभ ज्योतिलाई लगाएका छन् । आफ्नो नाममा पर्सा जिल्लाको परवानीपुरमा रहेको ५ बिगाह जग्गा सौरभले बिक्री गरेको आरोप लगाएका छन् ।
त्यसैगरी, शुहृद ज्योतिलाई दोस्रो आरोप लगाएका छन् । आफ्नो नाममा भएको भाजुरत्न इन्जिनियरिङ सेल्स कम्पनीबाट बिक्री हुने ट्याक्टरको डिलर शुहृतले भाजुरत्न प्रालि नामक कम्पनी खोलेर खोसेको रुप ज्योतिको आरोप छ ।

यसरी शुरु भयो सम्पत्तिको लफडा

ज्योति परिवारभित्रको लफडा रुप ज्योति ठगीको आरोपमा प्रकाउ परेपछि शुरु भएको हो । विजेन्द्र मल्लले रुप ज्योतिको ल्याण्डमार्क प्रालिले दिनुपर्ने घर नदिएपछि प्रहरीमा मुद्दा दायर गरेका थिए ।

जिल्ला अदालतले रुप ज्योतिलाई प्रकाउ गर्नको लागि आदेश दिएपछि उनी र उनकी छोरी सुरुचीलाई गत कात्तिकमा प्रकाउसमेत गरेको थियो ।

ठगीको आरोपमा अर्बपति व्यापारी डा. रुप ज्योति पक्राउ

ल्याण्डमार्क प्रालिमा पद्म ज्योति र सौरभ ज्योतिसमेत सेयरधनी थिए । विजेन्द्र मल्लको उजुरीका आधारमा पद्म र सौरभ ज्योतिसहित परिवारका अन्य सदस्यलाई समेत पक्राउ पुर्जी जारी भएको थियो ।
तर पद्म र सौरभ भने पक्राउ परेनन् ।

रुप ज्योतिलाई ठगीको आरोपमा जेल पुर्याएका विजेन्द्र मल्लले पद्म ज्योतिलाई आफूले सम्मान गर्ने सार्वजनिकरुपमै बताएका थिए ।

व्यापारी रुप ज्योतिलाई थप ५ दिन थुनामा राख्न अदालतको आदेश

रुप ज्योतिका कारण परिवारको प्रतिष्ठामा आँच आएको निष्कर्श निकाल्दै पद्म ज्योति र उनका छोराहरु रुप ज्योतिसँग ठूलो असन्तुष्टि व्यक्त गरे ।

यसपछि ज्योति परिवारभित्र अंशबण्डा शुरु भयो । अंशबण्डाकै क्रममा गत माघ पहिलो साता हिमालयन बैंकमा रहेको सेयर २४ करोड ४६ लाख रुपैयाँ बराबरको सेयरको स्वामित्व परिवारभित्रै सारिएको थियो ।

डा रुप ज्योतिमाथि लागेको १ करोड २६ लाख रुपैयाँ ठगी आरोप सहमितमै मिल्यो । तर यहीँबाट उत्कर्षमा पुगेको परिवारभित्रको विवाद अझैसम्म मिल्न सकेको छैन।

ज्योति ग्रुपको स्थापना पद्म र रुप ज्योतिका पिता मणिहर्ष ज्योतिले सन् १९४० मा गरेका थिए । यो ग्रुप अन्तर्गत एक दर्जनभन्दा बढी कम्पनी तथा उद्योग छन् ।

हिमाल स्टिल, जय स्पिनिङ, ज्योति यार्न, हिमाल अक्सिजन संचालनमा छ भने, हिमालयन बैंक, लुम्बिनी विकास बैंक, सगरमाथा इन्स्योरेन्स, ग्रान्डी हस्पिटल तथा बुटवल पावरमा पनि सेयर लगानी छ ।

यसबाहेक होन्डा मोटरसाइकल र गाडी तथा हिरो मोटरसाइकलको डिलर पनि ज्योति ग्रुप अन्तर्गत नै छ । होन्डाको कारोबार पद्म ज्योतिका छोरा सौरभले हेर्छन् भने हिरोको कारोबार रुप ज्योतिका छोरा अभिक ज्योतिले हेर्छन् ।


पुष्प दुलाल