ठगीको आरोपमा अर्बपति व्यापारी डा. रुप ज्योति पक्राउ



काठमाडौं । ठगीको आरोपमा व्यवसायिक घराना ज्योति ग्रुपका उपाध्यक्ष डा रुप ज्योति पक्राउ परेका छन् । प्रहरीले सिंगापुरबाट नेपाल फर्किने क्रममा ज्योतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार घरजग्गा सम्बन्धी ठगी मुद्दामा उनी पक्राउ परेका हुन् । जिल्ला अदालत काठमाडौंले ज्योति विरुद्द पक्राउ पुर्जी जारी गरेको थियो । त्यसलाई चुनौती दिदै उनी सर्बोच्च गएका थिए । सर्बोच्चले जिल्ला अदालतको निर्णय सदर गरेपछि ज्योतिलाई पक्राउ गर्ने बाटो खुल्ला गरेको हो ।

ज्योति ग्रुप नेपालको पुरानो व्यवसायिक घराना हो । डा रुप ज्योति पूर्वराजा ज्ञानेन्द्रले शासन शक्ता नियन्त्रण लिएपछि अर्थराज्यमन्त्री बनेका थिए ।


क्लिकमान्डु