व्यापारी रुप ज्योतिलाई थप ५ दिन थुनामा राख्न अदालतको आदेश



काठमाडौं । व्यापारी रुप ज्योतिलाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौंले रुप ज्योतिलाई छोरी सुरुचिसहित ५ दिन थुनामा राख्न म्याद थप गरेको हो । यसअघि ज्योतिलाई ३ दिन म्याद थप गरिएको थियो ।

अर्ब बढीको कारोबार गर्ने हार्वर्डका पीएचडी ज्योतिलाई इगोले पुर्यायो ठगीको आरोपमा जेल

अदालतले बाबु-छोरीलाई नै थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको हो ।

गत बिहीबार महानगरिय प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो । उनीहरु सिंगापुरबाट फर्कँदै थिए ।

हाउजिङका नाममा ठगी गरेको भन्दै उनीहरुलाई पक्राउ गर्नका लागि जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० गते पक्राउ गर्न अनुमति दिएको थियो । जसको विरुद्धमा ज्योति सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्च अदालतले समेत ज्योतिको विपक्षमा फैसला सुनाएपछि उनी पक्राउ परेका थिए । हाउजिङ कम्पनी बाबु र छोरी दुबैका नाममा थियो ।


क्लिकमान्डु