महासंघमा चुनाव लाग्योः किशोर प्रधान समुहले सम्पर्क कार्यालय खोल्यो, शेखरले गरे उद्घाटन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष किशोर प्रधान समुहले सम्पर्क कार्यालय खोलेको छ । ललितपुरको पुल्चोकस्थित याक पार्टी प्यालेसमा सम्पर्क कार्यालय स्थापना गरेको गरिएको हो ।

महासंघमा आगामी साउन २५ र २६ मा निर्वाचन हुने कार्यतालिका रहेको छ । महासंघको बरिष्ठ उपाध्यक्ष सहितका पदमा किशोर प्रधान र चन्द्र ढकालले प्यानल नै बनाएर उम्मेद्वारी दिने तयारी गरेका छन् ।

महासंघको बरिष्ठ उपाध्यक्ष किशोर प्रधान समुहको निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गरे । गोल्छा महासंघको साधारणसभापछि विधान अनुसार अध्यक्ष बन्नेछन् ।

चण्डीराज ढकालविरुद्धको खेद प्रस्तावले बैधानिकता पायो, यस्ता छन् २ माइन्यूट

किशोर प्रधान समुहबाट जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन् । यस्तै एशोसियटमा सौरभ ज्योति र वस्तुगतको उपाध्यक्षमा अन्जन श्रेष्ठले उम्मेद्वारी दिने छन् ।

सम्पर्क कार्यालयको उद्घाटन समारोहमा निवर्तमान अध्यक्ष पशुपति मुराकार तथा पूर्व अध्यक्षहरु कुशकुमार जोशी र बिनोदबहादुर श्रेष्ठ उपस्थित थिए ।

महासंघमा विवादः चण्डी विरुद्ध पारित भएको खेद प्रस्तावको वैधानिकतामा प्रश्न

बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिन लागेका चन्द्र ढकाल समुहबाट जिल्ला नगरमा गुणनिधि तिवारी,एशोसियटमा रामचन्द्र सांघाई तथा वस्तुगतमा उमेशलाल श्रेष्ठले उम्मेद्वारी दिने छन् ।

ढकाल समूहले पनि लकडाउनअघि नै नक्सालको छाता गणेश मन्दिर नजिकै सम्पर्क कार्यालय खोलेको थियो ।


क्लिकमान्डु