महासंघमा विवादः चण्डी विरुद्ध पारित भएको खेद प्रस्तावको वैधानिकतामा प्रश्न



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई गरिएको खेद प्रस्तावलाई लिएर महासंघमा विवाद भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी बैठकले पदाधिकारीले गरेको जुम मिटिङलाई मान्यता दिने निर्णय गरेको थियो । महासंघको पदाधिकारी मिटिङले पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य रहेका चण्डीराज ढकाल विरुद्ध खेद प्रस्ताव पारित गर्ने निर्णय गरेको थियो ।

महासंघको एजेण्डामा नै नभएको विषय पदाधिकारी बैठकले पारित गरेको भन्दै महासंघका उपाध्यक्षद्वय चन्द्र ढकाल र उमेशलाल श्रेष्ठ तथा कोषाध्यक्ष निरक केसीले आपत्ति जनाएका थिए । तीनजना पदाधिकारीले विज्ञप्ति नै जारी गर्दै एजेण्डामा नभएको विषय पारित हुन नसक्ने जनाएका थिए ।

त्यसपछि बसेको महासंघको पदाधिकारी बैठकले महासंघको निर्वाचन साउन २५ र २६ मा गर्ने निर्णय गर्यो । त्यही निर्णय कार्यान्वयन गर्नका लागि कार्यकारिणीको बैठक बसेको थियो ।

चण्डीराज ढकालविरुद्धको खेद प्रस्तावले बैधानिकता पायो, यस्ता छन् २ माइन्यूट

बैठकमा खेद प्रस्तावको विषय नउठेपनि माइन्युटमा भने पदाधिकारी बैठकको जुम मिटिङलाई वैधानिकता दिने कुरा उल्लेख छ । जुन आधारमा चण्डी ढकाल विरुद्ध पदाधिकारी बैठकमा गरिएको अविश्वासको प्रस्ताव पारित हुन्छ ।

चण्डीराज ढकाल पक्षले भने यसको वैधानिकता नै नभएको बताएको छ ।

चण्डीविरुद्दको खेद प्रस्तावमा पारित भएकोमा चन्द्र ढकालसहित ३ पदाधिकारीकाे ध्यानाकर्षण

‘महासंघको पदाधिकारी बैठकमा नै विगतका कुरा बिर्सने भनेपछि हामीले कुरा उठाएनौ, त्यस आधारमा खेद प्रस्ताव पारित भयो भन्नु मिल्दैन,’ चण्डीराज पक्षका एक पदाधिकारी सदस्यले भने ।

महासंघको निर्वाचन तोक्न बसेको पदाधिकारी बैठकमा उपाध्यक्ष उमेशलाल श्रेष्ठले विगतको कुरा बिर्सेर अगाडि जानुपर्ने बताएका थिए ।

जुम मिटिङलाई दिएको वैधानिकता भने बैठकलाई आधिकारिकता दिन तथा निर्वाचन सारिएको निर्णयलाई आधिकारिता दिनका लागि गरिएको दावी चण्डी पक्षको रहेको छ ।

अध्यक्ष राणालाई गालीगलौज गरेको भन्दै महासंघद्धारा चण्डीराजविरुद्ध खेद प्रस्ताव पारित

‘जुम मिटिङलाई आधिकारिता दिने भनेको निर्णयको आधारमा खेद प्रस्ताव पारित भएको भन्न मिल्दैन, खेद प्रस्ताव पारित भएको लिखितरुपमा नै आउनुपर्ने हुन्छ,’ महासंघका पूर्वअध्यक्ष चण्डी ढकालले क्लिकमाण्डूसँग भने ।

आफू विरूद्ध पारित भएको भनिएको खेद प्रस्तावको वैधानिकता नभएको र कार्यकारिणी बैठकपछि जुम मिटिङलाई वैधानिकता दिने आधारमा गरिएको निर्णय आधारमा खेद प्रस्ताव पारित भयो भन्नु दुःखद् भएको टिप्पणी ढकालको छ ।

‘विगतमा महासंघमा साना भन्दा साना विषयहरु एजेण्डामा आएर माइन्युट भएको हुन्छ, खेद प्रस्तावजस्तो विषय जुम मिटिङलाई वैधानिकता दिएको भन्ने आधारमा पारित भएको भन्ने हुँदैन,’ ढकालले थपे ।


क्लिकमान्डु