चण्डीविरुद्दको खेद प्रस्तावमा पारित भएकोमा चन्द्र ढकालसहित ३ पदाधिकारीकाे ध्यानाकर्षण



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पूर्व अध्यक्ष चण्डिराज ढकाल विरुद्द गरेको खेद प्रस्तावले महासंघमा विवाद भएको छ ।

महासंघका विशिष्ट सदस्य समेत रहेका ढकाल विरुद्द महासंघका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले राखेको खेद प्रस्ताव पारित भएको थियो ।

खेद प्रस्तावको पक्षमा महासंघ अध्यक्ष भवानी राणा,निवर्तमान अध्यक्ष पशुपति मुरारका,बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा रहेका छन् ।

तर, महासंघका एशोसियट उपाध्यक्ष चन्द्र ढकाल र वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र कोषाध्यक्ष निरक केसी भने खेद प्रस्तावको विपक्षमा रहेका छन् ।

ढकाल, श्रेष्ठ र केसीले खेद प्रस्ताव पारित भएको समाचार संचारमाध्यममा आएको विषयलाई लिएर अध्यक्ष राणाको ध्यानाकर्षण गरेको जनाएको विज्ञप्ती जारी गरेर जनाएका छन् ।

महासंघका उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र उमेशलाल श्रेष्ठ तथा कोषाध्यक्ष निरक केसीले विभिन्न सञ्चारमाध्यममा आएको समाचारले आफूहरुलाई गम्भिर बनाएको बताएका छन् ।

पदाधिकारी बैठकको एजेन्डामा नै नरहेको उक्त विषयमा बैठकले सर्वसम्मतरुपमा खेद प्रस्ताव पारित गरेको भन्ने समाचारले महासंघको गरिमा र प्रतिष्ठामा आँच पुर्याउने र महासंघलाई नै झन कमजोर बनाएको महशुस भएको उनीहरुले बताएका छन् ।

त्यस्तै उनीहरुले यस्ता गम्भिर विषयहरुमा छलफल गर्दा पदाधिकारी, सचिवालय तथा कार्यसमितिको एजेण्डामा ल्याउनुपर्ने र सबैको सहमतीमा मात्र अगाडि बढाउनुपर्ने हुनाले बैठकमा प्रयाप्त छलफल गरेर मात्र अगाडि बढ्न आग्रहसमेत गरेका छन् ।


क्लिकमान्डु