डिशहोमको इन्टरनेट अरुभन्दा केही सस्तो र धेरै गुणस्तरीय हुन्छ, क्रान्ति गर्छौं: सुदिप आचार्य



टेलिभिजन सेवा प्रदायक डिश होमलाई सरकारले इन्टरनेट सेवा प्रदान गर्नका लागि हालैमत्र लाइसेन्स प्रदान गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्याटालाइट प्रविधिबाट दुर्गम जिल्लामा इन्टरनेट सेवा सञ्चालन गर्न डिशहोमलाई अनुमति दिएको हो । कम्पनीले हालहाल ललितपुरको भैंसेपाटी क्षेत्रमा इन्टरनेट सेवाको परीक्षण समेत शुरू गरिसकेको छ। कम्पनीले केही सस्तो र धेरै गुणस्तरीय सेवा दिएर ग्राहकको मन जित्ने रणनीति बनाएकोछ । सस्तो दरमै कसरी गुणस्तरीय सेवा दिन सकिन्छ ? डिशहोमको आइपिओ कहिले आउँछ ? क्लिनफिडले बजारमा कस्तो प्रभाव पार्छ ? जस्ता विषयमा केन्द्रित रहेर डिश होमका प्रबन्ध निर्देशक सुदिप आचार्यसँग गरिएको कुराकानीः

गाउँमा टिभी ‘कल्चर’मा परिवर्तन गरेको डिशहोमले इन्टरनेट सेवा संचालन गर्ने लाइसेन्स पाएको छ, कसरी इन्टरनेट सेवा दिने हो ?

यसमा केही असजिला पक्ष छन् । हामीले अहिले यसको लागि २ वटा रणनीति बनाएका छौं । सहरको लागि एफटीटीएफमा काम गर्ने तयारी गरेका छौं । अहिले हामी टेस्टिङको पिरियडमा छौं । काठमाडौं जस्तो ठाउँमा हामीले स्पेश टाइम्स नेटवर्कसँग पार्टनरसिप गरेका छौं । उनीहरुको डिस्ट्रिब्युसन नेटर्वकलाई हामीले प्रयोग गर्छौं । काठमाडौं बाहिरको हकमा पनि अरु कम्पनीसँग यस्तै सहकार्य गर्नेछौं । कतिपय ठाउँमा हामी आफैं गर्छौं भने कतिपय स्थानमा सेकेण्ड पार्टीलाई प्रयोग गर्छौं ।

‘स्याटालाइट’बाट गाउँगाउँमा इन्टरनेट पुर्याउन डिश होमले थाल्यो यस्तो तयारी, मूल्य कति ?

ग्रामीण क्षेत्रको हकमा त्यसमा हामीले छुट्टै रणनीति भिसिएटबाट गर्न खोजेका हौं । यो धेरै नै खर्चिलो छ । त्यसैले हामी अलिकति अन्यौलमा पनि छौं । सरकारले कसरी सोचेको छ । हामीले केही निश्चित ठाउँ जहाँ इन्टरनेट पुगेको छैन । त्यहाँ भिसिएटको माध्यमबाट इन्टरनेट सेवा पुर्याउने सोचेका छौं । सरकारले सहयोग गरेको खण्डमा हामी ठूलो स्केलमा जान सक्छौं ।

अहिले मोबाइल सेवा प्रदायकले पनि डाटालाई फोकस गर्न गरिरहेका छन् । इन्टरनेट सेवा प्रदायकहरुको बजारमा आफ्नो बलियो पहुँच छ । यस्तो अवस्थामा डिशहोम कसरी खरो प्रतिस्पर्धामा उत्रिन्छ ?

हामीले इन्टरनेटमा फोकस गर्न खोजेको रिलायबिलिटी र अफ्टर सेल्स सर्भिस हो । त्यसमा हाम्रो पहिलादेखि नै डिशहोमको अफ्टर सेल्स सर्भिस हो । अरु कुराहरु पनि हामीले लिएका छौं । जुन अहिले भन्न मिल्दैन । सहरमा त्यस्तो खालको अरु एडिसनल सर्भिस दिएर हामी अगाडि जानेछौं । बजारमा चल्न सकिने भएर नै डिसहोमले इन्टरनेट सेवामा जाने सोच बनाएको हो ।

डिशहोमको इन्टरनेट कति सस्तो हुन्छ ?

मेरो बिचारमा इन्टरनेट प्रयोग गर्ने मान्छेले एक र दुई सय रुपैयाँ सस्तो भएर सेवा प्रदायक परिवर्तन गर्छ जस्तो लाग्दैन । मुख्य फोकस अब सर्भिसमा हुनुपर्छ । हामी ‘प्राइस वार’ भन्दा पनि सर्भिसमा लिड गरेर अरुलाई हामीले फलो गर्ने बनाउँछौं ।

डिशहोमले अब इन्टरनेट सेवा पनि दिने

गुणस्तरीय सेवा दिएपछि ग्राहकले हामीसँग सेवा लिन्छन् । १५ सयमा दिएको प्याकेजलाई हामीले ५ सयमा झारेर प्रतिस्पर्धा हामीले गर्ने होइन । १२ सयसम्ममा हामीले त्यो प्याकेज दिएर सेवा दिएर प्रतिस्पर्धा गर्ने हो । प्रतिस्पर्धा ग्राहकका लागि पनि राम्रो हो । सरकारका लागि पनि राम्रो हो । यो बजार अझैपनि ब्यापकरुपमा विस्तार भइसकेको छैन । इन्टरनेटको पहुँच बढी छ । एफटिटिएफको पहुँच ३० प्रतिशतमात्र पुगेको छ । हामीले जति स्पीडमा इन्टरनेट दिने भनेका छौं, त्यो नै स्पीडमा हामीले इन्टरनेट सेवा ग्राहकलाई दिने छौं । इन्टरनेटमा हामीले एउटा नयाँ क्रान्ति गर्ने छौ ।

डिशहोमः इज्जत जोगाउन संघर्ष गर्दागर्दै ‘लिडर’ भएको कम्पनी

गाउँमा लोकप्रिय भएको डिसहोमले इन्टरनेट गाउँमा कसरी पुर्याउने छ ?

गाउँमा हामी जाने छौं । नेपालका कतिपय स्थानमा भिसिएट बाहेक अन्य प्रविधि उपयुक्त हुने देखिएको छैन । वायरबाट जाने भनेको असम्भव जस्तै छ । हामी आउनु अगाडि केबल पनि गाउँमा पुगेको थिएन । हामीले गाउँमा टेलिभिजनको पहुँच पुर्याएको हो । हामीले सबैभन्दा पहिला काठमाडौंमा सेवा सुरुवात गर्ने छौ । अहिले हामी टेस्टिङ पिरियडमा रहेका छौ । काठमाडौंपछि पूर्वमा हामीले सेवा विस्तार गर्नेछौं । केही समयभित्रमा नै काठमाडौंमा सेवा शुरु हुनेछ ।

आक्रमक बजार विस्तारमा डिसहोम, इन्टरनेट सेवा दिन २ अर्ब लगानी थप्दै

इन्टरनेट सेवा शुरु गर्न कति लगानी भयो ?

देशभरमा जाँदा हामीले ६ देखि ७ अर्ब रुपैयाँसम्म लगानी गर्नुपर्ने हुन्छ । हामीले चरण-चरणमा लगानी गर्ने छौं । यो वर्ष १ अर्ब रुपैयाँ लगानी गर्ने योजना छ ।

इन्टरनेट सेवा प्रदायकले यसमा फाइदा छैन भनिरहेको अवस्थामा के देखेर यो व्यवसायमा हात हाल्नु भएको ?

भविष्य देखेर नै हामीले इन्टरनेट सेवाको व्यवसायमा हात हालेका हौं । भविष्यमा हामीले दिन सक्ने अतिरित्त सुविधाको कारण लगानी गरेका हौं । मल्टिपल भेन्यूहरु छन् ।

केही वर्षदेखि डिशहोमले आइपीओ निकाल्ने चर्चा चल्यो । कम्पनीको साधारणसभाले पनि आइपीओ जारी गर्न अनुमति दिइसकेको अवस्था छ । तर, अहिलेसम्म आइपीओ आउने सुरसार देखिँदैन । के कारणले रोकिएको हो ?

हामीले डिशहोमको आइपीओ निष्काशन गर्ने घोषणा मात्रै गरेका छैनौं । प्रक्रिया पनि अघि बढाएका छौं । कम्पनी नाफामा गए पनि पुरानो दायित्व थियो, जसको कारण हाइपीओ निकाल्न ढिलो गरेका हौं ।

डिशहोमले छिट्टै आइपिओ ल्याउने, कतिमा किन्ने हो ? ‘बुक बिडिङ’ गरेर आफैं तोक्नुहोस् मूल्य

हामी नाफामा गएर आयकर तिर्न थालेको ५ वर्ष भइसके पनि गत वर्षबाट मात्रै हाम्रा पुराना दायित्वहरु क्लियर भएको छ । अब हाम्रोतर्फबाट सबै तयारी पूरा भएको छ । सबै कुरा मिल्यो भने चालु आर्थिक वर्षमा आइपीओ ल्याउनका लागि कुनै समस्या छैन । धितोपत्र बोर्डले अहिले बुकबिल्डिङ प्रणाली समेत लागु गरेको छ । जसले गर्दा आइपीओको लागि थप प्रोत्साहन मिलेको छ । कम्पनीको मूल्यांकन बुकबिल्डिङले बजारले तोक्ने हुँदा हामीलाई प्रोत्साहन हुन्छ ।

पब्लिक लिमिटेड कम्पनीका फाइदाहरु छन् । हामी निजी क्षेत्र पारदर्शी भए पनि देखाउनु पर्ने छैन । आइपीओ जारी भएपछि हामीले तिरेको कर लगायत सबै कारोबार बाहिर आउँछ । जसले गर्दा पब्लिकले विश्वास गर्ने छौ ।

डिशहोमले आउने दिनमा कसरी व्यवसाय अगाडि बढाउने छ ?

समय अनुसार डिशहोमले व्यवसायलाई परिवर्तन गर्दै लैजाने छ । समय अनुसार व्यवसायमा प्रविधिले नयाँ अवसरको जन्म दिन्छ । त्यो अनुसार नयाँ बाटो पहिल्याउनुपर्ने हुन्छ । अबको १० वर्षभित्रमा स्टाटेलाइट इन्टरनेटको ठूलो बजार हुनसक्छ । भोलिको दिनमा हामीले ग्राहकलाई कुन माध्यमबाट च्यानल दिएका छौ त्यो थाह नहुन सक्छ ।

हामीले अनेक खाले सेवा दिन सक्छौं । सेटअप बक्सको हामीले उत्पादन सुरु गरेका छौं । त्यो छुट्टै कम्पनी हो । डिशहोम बाहेक अन्य लगानीकर्ताको पनि त्यहा सेयर छ । हामीले डिशहोम बाहेक अरुलाई पनि सेटअप बक्स बिक्री गरेका छौ ।

लामो समयदेखि व्यवसायमा संलग्न हुनुहुन्छ । के अहिले व्यवसाय गर्न कठिन नै भएको हो ?

अहिलेको सरकारले व्यवसाय गर्न गार्हो भयो भन्नुभन्दा पनि सहजिकरण हुनुपर्नेमा भएन भन्ने हो । नेपालमा व्यवसाय गर्न कहिले पनि सहज वातावरण होइन । असहजतामा नै हामीले व्यवसाय गर्ने हो । दुईतिहाईको सरकार आएको बेला सहज हुनुपर्नेमा सहज भन्ने हो । विदेशबाट हामीले लगानी र प्रविधि नल्याउदासम्म व्यवसाय गर्न सक्ने अवस्था छैन । अहिले विदेशी लगानीको सिमा ५ लाख डलर पुगेको छ । जसले गर्दा साना तथा मझौला खाले विदेशी लगानीकर्ता आउन सकेका छैनन् । विदेशीले सिकाउने प्रविधि र ज्ञानको ट्रान्सफरले धेरै कुरा सिक्न सजिलो हो । हाम्रोमा विदेशी लगानीलाई ब्लक गर्ने काम बढी छ । हामीलाई त्यो नलेज नै ट्रान्सफर भएको छैन ।

चन्द्र ढकालको रणनीतिः निजी लगानीका सबै कम्पनीमा सर्वसाधारणको पनि सेयर स्वामित्व

पछिल्लो समय नयाँ उद्यमशिलता सूचना प्रविधिमा फस्टाएको छ । तपाईहरुले कसरी नयाँ उद्यमीलाई प्रवर्द्धन गर्नुहुन्छ ?

हामी यहाँ प्लेटफर्ममा नयाँ उद्यमीलाई प्रवर्द्धन गरेका छौं । हामीले कतिपय सफ्टवेयर यहीको कम्पनीसँग लिएर काम गरेका छौं । हामीले प्रयोग गरेको सफ्टवेयर ठूलो मात्रामा प्रयोग हुने सम्भावना छ । डिशहोममा मात्र २० हजार जति नेटवर्क छन् । त्यो नेटवर्कमा पनि कतिपय मोबाइल र कम्युटर चलाउन नजान्नेलाई हामीले दक्ष बनाएका छौं । हाम्रो व्यवसाय गर्नुपर्दा अरुपनि चलाउन सक्ने भएका छन् । सुरुमा डिशहोम इनस्टल गर्न जान्ने मान्छे नै थिएनन् । अहिले १० हजारजति इननस्टल गर्ने व्यक्ति छन् ।

विदेशी च्यानल विज्ञापनरहित प्रसारण गर्ने विधेयक पारित भएको छ । के ‘क्लिन फिड’ सम्भव छ ?

क्लिनफिडको विषयमा अझैपनि अन्यौल छ । यो विज्ञापन व्यवसायीको नेतृत्वमा आएको ऐन हो । अहिले भनेजस्तो २० अर्बको फाइदा गफ गर्नको लागि मात्र हो । अहिले फाइदा हुने भनेको बहुराष्ट्रिय कम्पनीले यहा विज्ञापन बढी गर्लान् भन्ने हो । त्यो अनुसार बढाउदापनि २० अर्बको कारोबार हुने भन्ने होइन । अहिले विज्ञापनको बजार बढेको छ । अहिले कार्यक्रमहरुमा परिवर्तन भएको छ । जसको कारण यो व्यवसाय बढेको हो ।

अहिले क्लिनफिडको कारण लिमिटेड मात्र च्यानल आएर नेपालीहरुले नेपाली सेवा प्रदायक छाडेर भारतीय डिटिएचको प्रयोग गर्न सक्छन् ।

क्लिनफिड ल्याउँदा लागत कति पर्छ, कति महंगो हुन्छ ?
सरकारले अझैपनि यसमा स्पष्टरुपमा ब्याख्या गर्न बाँकी छ । ऐनमा नेपालमा विदेशी च्यानल प्रसारण हुँदा विज्ञापनरहित (क्लिन फिड) हुनुपर्ने भनिएको छ । मुलबाट नै च्यानल क्लिन भएर आएमा त सजिलो भयो । अहिलेको अवस्थामा भारतबाट त्यस्ता च्यानल आउने सम्भावना छैन ।

मुख्यरुपमा खेलकुद, समाचार र धामिर्क च्यानल आउने छैनन् । ती च्यानल नआएपछि भारतीय डिटिएचमा नेपालीले प्रयोग गरेमा सरकारले राजस्व पनि गुमाउने छ भने संचार समेत भारतको बढी हुन्छ । अहिलेपनि २० प्रतिशत नेपाली घरपरिवारले भारतीय डिटिएचको माध्यमबाट टेलिभिजन हेरेको अवस्था छ । त्यो बढ्यो भने कसलाई फाइदा हुन्छ त्यो सरकार आफैंले बुझ्ने कुरा हो ।

हामी नियमनमा आधारित व्यवसाय नेपालमा चलाएका छौं । सरकारले नियमन गरेको व्यवसायलाई समस्या पारेर नियमन नभएको व्यवसायलाई प्रोत्साहन गर्न खोजेको देखिन्छ । अहिले युटुव, फेसबुक नियमन छैन । त्यहाँ ठूलो मात्रामा विज्ञापन भएको छ । हामी जो नियमनमा छौं ।

अहिले नेटफिल्क्सको कारोबार नेपालमा ठूलो भएको छ । भारतीयहरुको बुझाई यहाँ ल्याएर च्यानललाई क्लिन गर्न सकिन्छ भन्ने छ । त्यो विज्ञापन रहित च्यानल आएन भने हामीले सरकारलाई गएर व्यवसायको साँचो बुझाउने हो । हामीले व्यवसाय गर्न सक्ने वातावरण नबनेपछि साँचो सरकारलाई बुझाउनुको बिकल्प हुँदैन ।


पुष्प दुलाल