डिशहोमः इज्जत जोगाउन संघर्ष गर्दागर्दै ‘लिडर’ भएको कम्पनी

सागर चन्द २०७५ जेठ २५ गते १६:०१ मा प्रकाशित

काठमाडौं । नेपालमा टेलिभिजन क्रान्ति गर्ने उद्देश्यले सन् २०१० को अन्त्यतिर टेलिभिज सेवा प्रदायक कम्पनी डिश नेपाल र होम टिभी सञ्चालनमा आए ।

लगानीकर्ताले सञ्चालनमा आएपछि मालामाल कमाइ हुने सोचेका थिए । तर, दुर्भाग्यवस २/३ महिना नवित्दै संकट आइलाग्यो ।

दुबै टेलिभिन सेवा प्रदायक एक्लाएक्लै सञ्चालन हुनसक्ने अवस्था रहेन । लगानीकर्ताहरु अतालिए । बेकारमा फसिएछ भन्न थाले ।

लगानीकर्ताहरुले व्यवसाय बन्द गर्ने विकल्पसम्म पनि नसोचेका होइनन् । तर, बन्द गर्दा आफूहरुको इज्जतै जान्छ भन्ने मनोवैज्ञानिक त्रासले उनीहरुको मन उत्तिकै हुँडलिरहेको हुन्थ्यो । लगानीकर्ताहरु सबै राम्रो प्रगति गरेर समाजमा स्थापित भइसकेका व्यवसायी थिए ।

‘डिश होम सञ्चालन गर्नु हाम्रा लागि बाघमाथि चढेर यात्रा गरेसरह भयो त्यो बेला,’ स्मरण गर्दै डिश होमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य भन्छन्, ‘यात्रा गरौं कहिलेसम्म यस्तो जोखिमपूर्ण यात्रा गर्ने ? ओर्लियौं त खाइहाल्ने ।’

रारा चाउचाउका संस्थापक कृष्ण आचार्य, प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन, आइएमइ ग्रुपका निर्देशक हेमराज ढकाल, मिडिया व्यवसायी कैलाश सिरोहिया, एनआरएन अभियान्ता उपेन्द्र महतो, व्यवसायी रविन्द्रमान श्रेष्ठ, टेलिभिन सञ्चालकहरु आरके मानन्धर, सञ्जय अधिकारी, भाष्करराज राजकर्णिकार लगायतका प्रतिस्ठित व्यवसायीहरुको लगानी थियो ।

एकातिर लगानीकर्ताहरुले लगानी थपेको थप्यै गरे, अर्कातिर घाटा बढेको बढ्यै गर्यो ।

दुबै कम्पनीका लगानीकर्ताहरुले एक्लाएक्लै अघि बढ्न नसक्ने निष्कर्श निकाले । अनि मर्ज गरेर डिश होम नेपालको नाममा सञ्चालनमा ल्याइयो । यति गर्दा पनि अवस्था सन्तोषजनक भएन ।

सुरुमा ४ जना मिलेर संञ्चालन गरेको होम टिभिको लगानी ८ करोड रुपैयाँ थियो । तर प्राविधिक काम भएकाले यो लगानी बढेर ४० करोड पुग्यो । डिस नेपालसँग मर्ज हुँदा १४ वटा बैंकको करोडौँ ऋण डिस होमसँग थियो ।

‘डिश होम सञ्चालन गर्नु हाम्रा लागि बाघमाथि चढेर यात्रा गरेसरह भयो त्यो बेला,’ स्मरण गर्दै डिश होमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले क्लिकमाण्डूसँग भने, ‘यात्रा गरौं कहिलेसम्म यस्तो जोखिमपूर्ण यात्रा गर्ने ? ओर्लियौं त खाइहाल्ने ।’

सीइओ आचार्यका अनुसार त्यसबेला डिशहोमका लगानीकर्ताहरु भन्थे– यो प्रोजेक्ट फेल भयो भने हाम्रो इज्जत जान्छ भन्ने मात्रै थियो । यहाँबाट नाफा कमाउँला भन्ने आश मरिसकेको थियो । प्रत्येक लगानीकर्ता जतिसक्दो चाँडो यो प्रोजेक्टबाट बाहिरिन चाहन्थे । तर, इज्जत सम्झिन्थे अनि सम्हालिन्थे ।

‘हामीले डेढ अर्ब रुपैयाँसम्म घाटा ब्यहोरेका थियौं,’ देवीप्रकाश भट्टचनले सुनाए, ‘हामीले यसलाई प्रतिस्ठाको विषय बनायौं । अहिले राम्रो भइरहेको छ ।

लागातार घाटा भएपछि लगानीकर्ताहरु लागनी थप्न आनाकानी गर्न थाले । अनि ४७ प्रतिशत सेयर दिएर विदेशी साझेदार भित्र्याइयो । विदेशबाट लगानीमात्रै भित्रिएन, प्रविधि र आइडिया पनि भित्रियो ।

यसरी इज्जत जोगाउनका लागि मर्न नदिइएको डिश होमले अहिले मालामाल आम्दानी गर्न थालेको छ । गत आर्थिक वर्षमा ४५ करोड नाफा कमाएको यो कम्पनीले चालू आर्थिक वर्षमा ८० करोड नाफा कमाउने लक्ष्य लिएको छ ।

‘अब नाफा लगातार बढ्छ,’ आचार्य भन्छन्, ‘हामीले यो मेवा रोपेका होइनौं, आप रोपेका हौं । मेवाले एक सिजनमात्रै फल दिन्छ, आँपले सयौं वर्ष ।’

डिशहोममा लगानी गर्दा आफूले लामो समय घाटा ब्यहोरेको प्रभु ग्रुपका अध्यक्षसमेत रहेका डिश होमका लगानीकर्ता देवी प्रकाश भट्टचन बताउँछन् ।

‘हामीले डेढ अर्ब रुपैयाँसम्म घाटा ब्यहोरेका थियौं,’ भट्टचनले सुनाए, ‘हामीले यसलाई प्रतिस्ठाको विषय बनायौं । अहिले राम्रो भइरहेको छ ।’
भट्टचनले केही दिनभित्रै प्रभु टिभी पनि सञ्चालनमा ल्याउँदैछन् ।

बजार विस्तारको रणनीति

२०११मा डिसहोमको रुपमा एकृकित कम्पनी भएपछि पनि डिसहोमले अपेक्षानुरुपको व्यापार र बजार विस्तार गर्न सकिरहेको थिएन ।

२०११ देखि १०१४ सम्म डिस होमले धेरै सिइओ पनि परिवर्तन गर्यो । सूचना प्रविधिमा भईरहेको निरन्तरको परिवर्तनलाई आत्मसाथ गर्न पनि डिसहोमले लगानी बृद्धि गरिरह्यो । सन् २०१२ मा डिस होमले ५ प्रतिशत नेपाली बजार ओगटेको थियो ।

डिस होमको बजार रणनीतिलाई राजनीति र इतिहाससँग जोड्दै सीइओ आचार्य भन्छन् ‘पृथ्वीनारायण शाहले पनि गाउँबाट जित्दै, काठमाडौँ छिरेका थिए, हाम्रा अहिलेका राजनीतिक दलले पनि गाउँबाटै राजनीति गर्दै शहर छिरेका हुन् हामीले पनि त्यही रणनीति अपनायौँ ।’

अहिले दुर दराजका गाउँगाउँमा डिस होम लेखिएको छाता देख्न पाइन्छ । टेलिभिजनकै माध्यमबाट गाउँले शहर र विश्व समाजसँग आफुलाई परिचित गराउने मौका पायो । सूचना र मनोरञ्जसँग गाउँलाई जोड्न डिस होमको योगदान छ ।

शहरवासी टेलिभिजनको पहुँचमा थिए । पहुँचमा रहेका मान्छेलाई एकैपटक परिवर्तन गर्न अलि असहज हुन्छ । तर टेलिभिजनको पहुँचमा नरहेका गाउँमा एकैपटक टेलिभिजनको पहुँच पुर्याउन सजिलो हुन्छ हुने भएकाले आफूहरुले यस्तो रणनीति अबलम्बन गरेको उनले सुनाए ।
डिसहोमको यो बजार रणनीतिले काम पनि गर्यो, गाउँ गाउँमा डिस होमको माग बढ्न थाल्यो ।

‘शहरवासी भन्दा गाउँवासी स्तरीय टेलिभिन हेर्न थाले ।’ आचार्य थप्छन् ‘जसको प्रभाव विस्तारै शहरमा पनि पर्यो ।’

आचार्यले अमेरीका र युरोपमा इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आईटीयु)ले टेलिभिजनलाई डिजिटल प्रणालीमा जान बाध्य बनाएकाले त्यहाँ सजिलो देखेका थिए । तर नेपालमा भने डिजिटल प्रणालीमा जानुपर्ने अनिवार्यता थिएन, तसर्थ पनि नेपालमा किन डिजिटल टिभि जोडने भन्ने प्रश्न आफूहरुका लागि चुनौति भएको उनले सुनाए ।

तर, विस्तारै विस्तारै नेपालले पनि डिजिटल प्रणाली आत्साथ गर्न तदारुकता देखायो । सरकारले टेलिभिजनका लागि डिजिटल प्रणाली अर्थात सेट अप बक्स अनिवार्य गरेपछि त्यसको पहिलो फाईदा डिसहोमलाई भयो ।

जसले सर्वसाधारणको ह्याविट बदल्यो

टिभी हर्ने अन्तर्राष्ट्रिय तरिका भन्दै विज्ञापन गर्ने डिसहोमले नेपाली टेलिभिजन प्रणालीलाई डिजिटल मात्र बनाएन व्यवसायीक रुपमा पारदर्शी पनि बनायो । दर्शकले तिरेको पैसा, टेलिभिजन च्यानलमा प्रसारण हुने विषयवस्तु र सरकारले पाउने करमा पनि पारदर्शिता देखियो । यद्यपि अझैपनि सरकारले डिजिटल प्रणालीमा जाने निर्णय गरेपनि नियमन भने गर्न सकिरहेको छैन ।

आचार्यलाई लाग्छ डिसहोमले नै नेपालमा डिजिटल टेलिभिजन सेवाको भविष्यतर्फ संकेत गरेको थियो । र, भोली पनि डिजिटल टेलिभिजन सेवामा डिसहोम अग्रणी बन्नेछ ।

सरकारले गत वर्षदेखि अनिवार्य डिजिटल प्रणालीमा जानुपर्ने निर्णय गरेको थियो । टेलिभिजन सेवा प्रदायकलाई नियन्त्रित गर्न र नियम कानूनको दायरामा राखिराख्न डिजिटल प्रणालीले सघाउँछ ।

अहिले दुर दराजका गाउँगाउँमा डिस होम लेखिएको छाता देख्न पाइन्छ । टेलिभिजनकै माध्यमबाट गाउँले शहर र विश्व समाजसँग आफुलाई परिचित गराउने मौका पायो । सूचना र मनोरञ्जसँग गाउँलाई जोड्न डिस होमको योगदान छ ।

३० प्रतिशतमा डिशहोम

नेपालमा डिजिटल टेलिभिन प्रणालीको सेवा सूरुवता गरेको डिसहोमले आज देशभरको ३० प्रतिशत बजार हिस्सा ओगटेको छ । डिजिटल टेलिभिजन सेवाको प्रफोटको रुपमा चिनिने डिसहोम अहिले ग्राहकलाई प्रदान गर्ने सेवा र सुविधामा विशेष चासो देखाईरहेको छ ।

डिसहोमले समयमा टेलिभिजन हेर्न समय नपाउने दर्शकका लागि सेटअपबक्समै रेकर्ड गर्न सक्ने सुविधा प्रदान गरेको छ । सजिलो रिचार्ज सेवा पनि डिस होमको विशेषता हो । यसका अलावा डिस होमको ग्राहकसेवा केन्द्रमा मात्रै २ सय जना कर्मचारी छन् । जसको काम देशभरका ग्राहको गुनासो सम्बोधन गर्नु हो ।

नेपालीमै विश्वकप हेर्न पाइने

यही जुन १४ देखि सञ्चालन हुने फिफा विश्वकप फुटबल डिसहोमले नेपाली भाषामै प्रसारण गर्दै छ । सधैँ अंग्रेजी भाषामा फुटबलको कमेन्ट्री सुनिरहेका दर्शक यसवर्षदेखि नेपालीमा सुन्न पाउनेछन् ।

‘सबै नेपाली दर्शकले अंग्रेजी बुझ्दैनन तर सबै नेपालीले नेपाली भाषा त सहजै बुझ्छन यही भएरै डिस होमले नेपाली भाषामा कमेन्ट्री प्रसारण गर्ने तयारी गरेको हो,’ सीइओ आचार्यले सुनाए ।

अरुभन्दा फरक

टेलिभिजनलाई थोरै मूल्यमा उच्च स्तरीय मनोरञ्जन प्रदान गर्ने सञ्चारमाध्यम मानिन्छ । यही सिद्धान्तमा रहेर डिसहोमले रमाईलो टिभी र नेपाली फिल्म हेर्न सकिने सिनेमा च्यानल पनि सञ्चालन गरेको आचार्यले बताए ।

गत वर्ष डिस होमले ग्रामिण क्षेत्रका एसइइ विद्यार्थीका लागि लक्षित गरेर टेलिभिजन कक्ष सञ्चालन गरेका थियो । टाढा सहरमा ट्युसन पढ्न जान नसक्ने विद्यार्थीका लागि यो कार्यक्रमले निकै सहयोग गरेको आचार्यको भनाई छ ।

अब नेपाली मौलिकताका च्यानल

डिस होमले साउन देखि नै नयाँ पुस्तालाई लक्षित गरेर मोबाईल टेलिभिजन पनि सार्वजनिक गर्ने योजना बनाएको आचार्याले सुनाए । डिजिटल प्रविधिमा सक्रिय रहेको डिसहोमले यही वर्ष देखि नेदरल्याण्डको फ्रेन्चाईज रियालीटी शो द भ्वाईस पनि सञ्चालन गर्ने प्रक्रियामा रहेको छ ।

‘यो कार्यक्रमको अडिसन डीजीटल प्रणालीमार्फत नै हुन्छ, अहिले देशभर इन्टरनेटको पहुँच पुगेको यही पहुँचलाई सदुपयोग गर्दै हामीले सहभागिलाई आफ्नो आवाज रेकर्ड गरेर पठाउन पाउने सुविधा दिएका हौँ,’ उनले भने ।

यति मात्रै होइन नेपाली गृहणीलाई लक्षित गर्दै डिसहोमले खाना पकाउन सिकाउने परिकार च्यानल पनि सञ्चालन गर्ने तयारी गरेको छ । देशको बहुलतालाई लक्षित गर्दै डिसहोमले मातृभाषामा कार्यक्रम सञ्चाल गर्ने पनि आचार्य बताउँछन् ।

आचार्यलाई लाग्छ डिसहोमले नै नेपालमा डिजिटल टेलिभिजन सेवाको भविष्यतर्फ संकेत गरेको थियो । र, भोली पनि डिजिटल टेलिभिजन सेवामा डिसहोम अग्रणी बन्नेछ ।

सर्वसाधारणलाई सेयर

डिशहोमले सर्वसाधारणलाई सेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले प्रक्रिया शुरु गरिसकेको सीइओ आचार्य बताउँछन् ।

‘हामी प्राभइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको वर्षदिन पुग्न लागेको छ,’ उनले भने, ‘अबको एक/डेढ वर्षभित्रै १० देखि २० प्रतिशत साधारण सेयर निष्काशन गर्छौं ।’

हामी साधारण सेयर निष्काशन गर्नका लागि आवश्यक पर्ने प्रक्रिया मिलाइरहेको उनले सुनाए ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स