चन्द्र ढकालको रणनीतिः निजी लगानीका सबै कम्पनीमा सर्वसाधारणको पनि सेयर स्वामित्व

क्लिकमान्डु २०७५ पुष ३० गते १८:२९ मा प्रकाशित


काठमाडौं। यही पुस २७ गते बसेको डिश मिडिया नेटवर्कको साधारणसभाले सर्वसाधारण सेयर (आइपिओ) निष्काशन गर्ने सञ्चालक समितिको प्रस्ताब पारित गर्यो ।

टेलिभिजन सेवा प्रदायक डिश होमको सञ्चालन गर्दै आएको डिश मिडिया नेटवर्कले २२ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ ।

त्यस्तै, चन्द्रागिरि केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्सको सोमबार सम्पन्न साधारणसभाले पनि आइपिओ जारी गर्ने सञ्चालक समितिको प्रस्ताब पारित गर्यो ।

चन्द्रागिरि हिल्सले १५ लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ ।

यी दुबै कम्पनीमा व्यवसायी चन्द्र ढकालको लगानी छ । चन्द्रागिरि हिल्समा चन्द्र ढकाल आफैं अध्यक्ष छन् भने डिश होममा उनका भाई हेमराज ढकाल अध्यक्ष छन् ।

‘सर्वसाधारण सेयर निष्काशन गरेको कम्पनीमा सबैको स्वामित्व हुन्छ, विश्वास हुन्छ र पारदर्शी हुन्छ,’ ढकालले प्रष्ट पारे ।

निजी स्वामित्वका कम्पनीलाई किन धमाधम पब्लिक बनाउनु भएको ? भन्ने प्रश्नमा चन्द्र ढकालले यस्तो जवाफ दिए, ‘हाम्रो व्यावसायिक रणनीति नै पब्लिकको स्वामित्व होस् भन्ने हो । हामी हाम्रा सबै निजी कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै अघि बढ्छौं ।’

निजी कम्पनी सञ्चालन गर्दा पारदर्शिताको कुरा उठ्ने भएकाले पब्लिकमा जानु परेको उनको भनाई थियो ।

‘हुन त अहिले धेरै निजी कम्पनीहरु पनि पारदर्शी छन्,’ ढकालले प्रष्ट पारे, ‘निजी कम्पनीमा पारदर्शीताको प्रश्न उठाउन जति सजिलो हुन्छ, पब्लिक कम्पनीमा त्यति सजिलो हुँदैन । किनभने पब्लिक कम्पनीहरु पारदर्शी हुन्छन् ।’

पारदर्शी भएर काम गर्ने आफ्नो इच्छा भएका कारण निजी स्वामित्वका कम्पनीहरुलाई धमाधम पब्लिक कम्पनी बनाइएको उनले जानकारी दिए ।

‘सर्वसाधारण सेयर निष्काशन गरेको कम्पनीमा सबैको स्वामित्व हुन्छ, विश्वास हुन्छ र पारदर्शी हुन्छ,’ ढकालले प्रष्ट पारे ।

साधारणसभाले पारित गरेपछि सेयर निष्काशनको प्रक्रिया औपचारिकरुपमा बढेको चन्द्रारिगि हिल्सका उनले जानकारी दिए ।

रेटिङ एजेन्सीले गरेको रेटिङका आधारमा प्रिमियममा आइपिओ निष्काशन गर्ने कि बुक भ्यालु अर्थात प्रतिकित्ता १०० रुपैयाँमै निष्काशन गर्ने भन्ने टुंगो लाग्ने ढकालको भनाई छ ।

चन्द्रागिरि हिल्सले साधारणसभामार्फत् प्रवन्धपत्र र नियमावलि संसोधन गरेर पूँजी १अर्ब ५० करोड रुपैयाँ पुर्याएको छ । उक्त चुक्ता पुँजीको १० प्रतिशत अर्थात् १५ करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्री गर्न लागेको हो ।

त्यस्तै, डिश होमले भने २२ लाख कित्ता अर्थात २२ करोड रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्न लागेको हो ।

व्यवसायी चन्द्र ढकाल आइएमइ समूहका पनि अध्यक्ष हुन् । आइएमइ समूह बैंकिङ, बीमा, इपेमेन्ट, रेमिट्यान्स, अटोमोवाइल्स, हाइड्रो, केवलकार लगायतका व्यवसाय सञ्चालन गरिरहेको छ ।

पछिल्लो समय आइएमइ समूह नेपालको व्यावसायिक क्षेत्रमा उल्लेख्य प्रगति गरेको व्यावसायिक घराना हो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स