उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्न अदालतको आदेश



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका व्यवसायी पद्म ज्योतिलाई पक्राउ गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजालसले ज्योतिलाई पक्राउ गर्न आदेश दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले क्लिकमाण्डूलाई जानकारी दिए ।

अर्ब बढीको कारोबार गर्ने हार्वर्डका पीएचडी ज्योतिलाई इगोले पुर्यायो ठगीको आरोपमा जेल

ल्यान्डमार्क हाउजिङ सम्बन्धी ठगी आरोपयमा यसअघि नै पद्म ज्योतिका भाई डा. रुप ज्योति र उनकी छोरी सुरुचिलाई प्रहरीले कात्तिक २१ गते पक्राउ गरेको थियो ।

पक्राउ परेका बाबु छोरीलाई कात्तिक २४ गते अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो । त्यसअघि ३ दिनको म्याद थप गरिएको थियो ।

ठगीको आरोपमा अर्बपति व्यापारी डा. रुप ज्योति पक्राउ

उनीहरु विरुद्ध घरजग्गा सम्बन्धी ठगी मुद्दा थियो । करिब ८० वर्षको व्यवसायिक विरासत बोकेको ज्योति परिवारमाथि १ करोड ३६ लाख रुपैयाँ ठगीको आरोप छ ।

यो मुद्दामा ज्योतिका बाबुछोरीसहित ज्योति परिवारका ९ जना प्रतिवादी छन् । अदालतले अन्य प्रतिवादीमध्येका एक पद्म ज्योतिलाई पक्राउ गर्न आदेश दिएको हो ।

व्यापारी रुप ज्योतिलाई थप ५ दिन थुनामा राख्न अदालतको आदेश

कम्पनीले बाँसबारीमा रहेको ६ रोपनी ११ आना जग्गालाई कोलनीको रुपमा विकास गर्ने योजना अनुरुप बुकिङ आव्हान समेत गर्यो । २०७१ सालमा ल्याण्डमार्क हाउजिङलाई बिजेन्द्र मल्लले १ करोड ३६ लाख रुपैयाँ दिए ।

सम्झौता अनुसार ६ आना ३ दाममा साढे २ तलाको घर बनाएर कम्पनीले दिनुपर्ने थियो । ल्याण्डमार्कले घर बनाउने जिम्मा सीई कन्सट्रक्सनलाई दिएको थियो ।

तर, ज्योति समूहले सम्झौता अनुसार हाउजिङ दिन सकेन । र, मल्लले गत वर्षको मंसिर १६ गते महानगरिय प्रहरीमा परिसरमा ठगीको मुद्दा दायर गरेका थिए ।


पुष्प दुलाल