स्ट्याण्डर्ड चार्टर्ड बैंकले वृक्षारोपण: कीर्तिपुरको वनमा रोपिए ५०० बिरुवा

35
Shares

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले कीर्तिपुरस्थित आदिनाथ सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम आयोजना गरी ‘विश्व वातावरण दिवस २०२६’ मनाएको छ।

बैंकका करिब ३५० कर्मचारीहरू र स्थानीय समुदायको सहभागिता रहेको उक्त कार्यक्रममा फलफूल, फूल फुल्ने र सित्तल दिने प्रजातिका ५०० बिरुवाहरू रोपिएका छन्।

यस पहलले स्थानीय क्षेत्रमा हरियाली प्रवर्द्धन गर्ने, जैविक विविधतालाई सघाउने र दीर्घकालीन वातावरणीय दिगोपनामा योगदान पुर्‍याउने लक्ष्य राखेको बैंकले जनाएको छ।

वृक्षारोपण कार्यक्रमको शुभारम्भ स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोरख राणा र आदिनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केदार बस्नेतले संयुक्त रूपमा पहिलो बिरुवा रोपेर गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका सीईओ गोरख राणाले वातावरणीय संरक्षणका लागि कर्मचारीहरूको उत्साहजनक सहभागिताको प्रशंसा गरे। उनले भने,’ हामीलाई यो जानकारी गराउन पाउँदा गर्व लागेको छ कि वर्षौंदेखि हाम्रा कर्मचारीहरूले ललितपुर र कीर्तिपुर क्षेत्रमा मात्रै करिब ४०,००० बिरुवाहरू रोप्न सहयोग गरिसकेका छन्। रोपेका प्रत्येक बिरुवाले हरियाली मात्र होइन, भावी पुस्ताप्रतिको हाम्रो आशा र जिम्मेवारीलाई पनि दर्शाउँछ।’

यो वृक्षारोपण अभियान बैंकको वार्षिक ‘सिग्नेचर इभेन्ट’ को रूपमा रहँदै आएको बैंकले जनाएको छ ।