साढे १६ महिनापछि राष्ट्र बैंक फर्किएका रामशण खरेलले पाए अनुसन्धान विभाग



काठमाडौं । राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेलले अनुसन्धान विभागको जिम्मेवारी पाएका छन् ।

साढे १६ महिना अर्थ मन्त्री डा. युवराज खतिवडाको निजी सचिवालयमा काजमा खटिएका खरेल यही साउन १ गतेदेखि काज फिर्ता भएर राष्ट्र बैंकमा हाजिर भएका थिए । खरेल अर्थमन्त्री खतिवडाका जोरीज्वाईं हुन् ।

अर्थ मन्त्रालयमा काजमा रहेका मन्त्री खतिवडाका ज्वाईं खरेल साढे १६ महिनापछि राष्ट्र बैंक फर्किए

खरेललाई आज (मंगलबार)देखि अनुसन्धान विभागको निर्देशकको जिम्मेवारी दिइएको राष्ट्र बैंकको मानव संसाधन विभागका कार्यकारी निर्देशक पिताम्बर भण्डारीले जानकारी दिए ।

अर्थमन्त्री हुनेवित्तिकै गभर्नरलाई खतिवडाको पत्रः मेरा ज्वाइलाई आजैदेखि मन्त्रालय पठाउनु

‘खरेलजी काज फिर्ता लिएर साउन १ गतेदेखि राष्ट्र बैंकको बालुवाटार कार्यालयमा हाजिर हुनुभएको थियो, आजदेखि अनुसन्धान विभागमा खटाइएको छ,’ कार्यकारी निर्देशक भण्डारीले क्लिकमाण्डूसँग भने ।

राष्ट्र बैंकको बिराटनगर कार्यालयमा उप निर्देशककोरुपमा कार्यरत खरेल २०७४ फागुन १५ गतेदेखि अर्थ मन्त्री खतिवडाको निजी सचिवालयमा काजमा कार्यरत थिए । खरेल अर्थ मन्त्रालय भएकै बखत आफूभन्दा सिनियर रहेका धेरैलाई निर्देशक पदमा बढुवा भएका थिए ।


पुष्प दुलाल