अर्थ मन्त्रालयमा काजमा रहेका मन्त्री खतिवडाका ज्वाईं खरेल साढे १६ महिनापछि राष्ट्र बैंक फर्किए



काठमाडौं । अर्थ मन्त्रालयमा काजमा रहेका राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेल साढे १६ महिनापछि राष्ट्र बैंक फर्किएका छन् ।

२०७४ फागुन १५ गतेदेखि डा. खरेल काजमा अर्थ मन्त्रालयमा कार्यरत थिए । अर्थमन्त्री डा. युवराज खतिवडाका छाेरीज्वाईं समेत रुहेका खरेल मन्त्री खतिवडाको निजी सचिवालयमा काम गर्थे ।

साउन १ गतेदेखि राष्ट्र बैंकमा हाजिर भएका हुन् ।

‘काज सकिएपछि अर्थ मन्त्रालयमा कार्यरत खरेलजी साउन १ गतेदेखि राष्ट्र बैंकमा हाजिर हुनु भएको छ,’ राष्ट्र बैंकको मानव संसाधन विभागका एक अधिकारीले क्लिकमाण्डूसँग भन्यो ।

अर्थमन्त्री हुनेवित्तिकै गभर्नरलाई खतिवडाको पत्रः मेरा ज्वाइलाई आजैदेखि मन्त्रालय पठाउनु

०७४ फागुन १४ गते खतिवडा अर्थमन्त्रीमा नियुक्ति भएका थिए । त्यसको भोलिपल्ट अर्थात् फागुन १५ गते अर्थमन्त्रीले ‘आजकै मितिदेखि अर्थ मन्त्रालयमा काजमा खटाइदिन’ राष्ट्र बैंकलाई पत्राचार गरेका थिए ।

त्यसबेला खरेल बिराटनगरस्थित राष्ट्र बैंकको कार्यालयमा उप-निर्देशकको रुपमा कार्यरत थिए । अर्थ मन्त्रालयमा काजमा रहेकै बेला उनको बढुवा भएको थियो ।

आफूभन्दा सिनियर करिब २ दर्जनलाई पछि पार्दै खतिवडा निर्देशकमा बढुवा हुन सफल भएका थिए ।

खरेललाई शुरुमा अर्थ मन्त्रालयको सल्लाहकारको भनेर चर्चा गरिएको थियो । तर उक्त पद मन्त्रीपरिषदले नियुक्ति गर्नुपर्ने पद हो । खतिवडाले खरेललाई मन्त्रिपरिषदबाट मन्त्रालयको सल्लाहकारमा नियुक्ति दिन सकेनन् ।

खतिवडाले आफ्ना ज्वाईं खरेलको एक्सपोजर होस् भनेर काजमा अर्थ मन्त्रालय तानेका थिए । तर, खरेलको रुखो स्वभावका कारण अर्थ मन्त्रालयका कर्मचारी, सरोकारवालाहरु र मिडिया जगत उनीसँग रुष्ट भयो ।

अर्थमन्त्रीका सहयोगी खरेलले सेयर लगानीकर्तालाई प्रधानमन्त्रीसँग भेट्न दिएनन्

डा. खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर भएको बेलामा पनि खरेललाई अन्तराष्ट्रिय मुद्रा कोष पठाएका थिए । त्यस अघिसम्म राष्ट्र बैंकबाट आइएमएफको सल्लाहकारमा कम्तिमा निर्देशक तहसम्मको अधिकारी पठाउने चलन भएपनि खतिवडाले कनिष्ठ उप निर्देशक रहेका खरेललाई सो लाभको पदमा पठाएका थिए ।

झन् आक्रमक बने लगानीकर्ताः अर्थमन्त्रीसहित ५ जनालाई कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह

काज फिर्ताको विषयमा बुझ्न क्लिकमाण्डूले खरेलसँग सम्पर्क गर्दा उनले ‘मेरो बारे सकारात्मक लेख्ने भए पो भन्नु’ भन्ने जवाफ दिएर फोन राखे ।


पुष्प दुलाल