झन् आक्रमक बने लगानीकर्ताः अर्थमन्त्रीसहित ५ जनालाई कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह



काठमाडौं । सेयर बजार सुधारका माग राख्दै लगातार आन्दोलन गरिरहेका लगानीकर्ताहरु झन् आक्रमक भएका छन् । जायज माग राखेर शान्तिपूर्ण आन्दोलन गर्दा लगानीकर्ताहरुलाई प्रहरी लगाएर पक्राउ गरिएको भन्दै उनीहरु आक्रोशित भएका हुन् ।

नेप्सेमा धर्ना दिँदा प्रहरीले पक्रिएका लगानीकर्ता को को हुन् ? (सूचिसहित)

मंगलबार नेप्सेमा धर्ना दिन गएका १४ जना लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । आइतबार धितोपत्र बोर्डमा लगानीकर्ताले लगाएको ताला पनि प्रहरीले बल प्रयोग गरेर फोडेको थियो ।

अर्थमन्त्रीका सहयोगी खरेलले सेयर लगानीकर्तालाई प्रधानमन्त्रीसँग भेट्न दिएनन्

आन्दोलनरत सेयर लगानीकर्ता दबाब समूहले अर्थमन्त्री डा. युवराज खतिवडा, खतिवडाका ज्वाईसमेत रहेका अर्थमन्त्रालयमा काजगमा कार्यरत राष्ट्र बैंकका निर्देशक, रामशरण खरेल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, कोर्डका कार्यकारी निर्देशक निरज गिरी, नेपाल स्टक एक्चेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई कारबाही गर्न प्रधानमन्त्री केपीशर्मा ओली समक्ष माग गरेका छन् ।

उनीहरुले धितोपत्र ऐन-२०६३ को प्रस्तावनामा उल्लेख भएको लगानीकर्ताको नैसर्गिक अधिकारको हनन् हुने गरी प्रहरीलाई दमन गर्न लगानएको भन्दै कारबाही गर्न माग गरेका हुन् ।

रेवतबहादुर कार्की र निरज गिरी ‘भ्रष्ट’ भन्दै धितोपत्र बोर्डमै नाराबाजी (भिडियोसहित)

लगानीकर्ताहरुले आफ्नो ३२ बुँदे माग पुरा नगर्ने तर्फ लागेको, सरकार, धितोपत्र बोर्ड र नेप्सेका अधिकारीहरुले एफपीओ, अनलाइन, बैंकलाई ब्रोकर लाईसेन्स नदिने मनसायका साथ भ्रष्टाचार गरेको र उनीहरुले आफ्नो काला कर्तुत ढाकाछोप गर्न आन्दोलनलाई दमन गरेको समूहको विज्ञप्तिमा उल्लेख छ ।

अहिलेको आन्दोलनलाई लगानी सम्मेलन भाँड्ने रुपमा ब्याख्या गरी सरकारी पक्षले अप्रिय घटना गराउने प्रयास गरेको भन्दै लगानीसम्मेलन पुरा नभएसम्मका लागि आन्दोलनका कार्यक्र स्थगन गरिएको दबाब समूहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।  


पुष्प दुलाल