नेप्सेमा धर्ना दिँदा प्रहरीले पक्रिएका लगानीकर्ता को को हुन् ? (सूचिसहित)



काठमाडौं । सेयर बजार सुधारको माग राख्दै नेपाल स्टक एक्सचेञ्जमा धर्ना बसेका लगानीकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत अनामनगरका इन्स्पेक्टर शिवकुमार बुढाथोकीको टोलीले धर्ना बसेका १३ जना लगानीकर्तालाई पक्राउ गरेको हो ।

सेयर बजार सुधारका लागि दबाब समूहका सदस्यहरु बिहान १० बजे नै नेप्सेमा धर्ना दिन पुगेका थिए । उनीहरुलाई प्रहरीले नेप्सेको गेटसम्म पनि जान दिएको थिएन ।

नेप्सेको प्रवेशद्वारसम्म पुग्न नपाएका उनीहरुले टुकुचा खोलाको पुलमाथि कालो झण्डा देखाएर विरोध गरेका थिए । त्यही समयमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दबाब समूहका अध्यक्ष हरी ढकाल, महासचिव नयन बास्तोला छन् । त्यसैगरी, लगानीकर्ताहरु दिपेन्द्र अग्रवाल, तिलक कोइराला, दिपक पाण्डे, राम थापा, शुस्मा ढुङगाना, प्रविना ज्ञवाली, पुरुषोत्तम सापकोटा, कुमार सिटौला, रामभक्त गिरि, कोपीकृष्ण थापा, रमेशकुमार ढकाल, नवराज उप्रेति, लगायत रहेका छन् ।

उनीहरुलाई प्रहरीले अनामनगरमा राखेको छ । प्रहरीले नाम टिपाएर जान भन्दा पनि लगानीकर्ताहरु बाहिर जानुको कुनै अर्थ नभएको भन्दै प्रहरी कार्यालयमै बस्ने भन्दै बाहिर निस्किन मानेका छैनन् ।


पुष्प दुलाल