१६ वटा वाणिज्य बैंकले राष्ट्र बैंकलाई मर्जरको प्रतिवद्धता बुझाए (सूचिसहित)



काठमाडौं । १६ वटा वाणिज्य बैंकहरुले राष्ट्र बैंकलाई मर्जरको प्रतिवद्धता बुझाए । यो तथ्यांक आइतबार साँझसम्मको हो ।

‘आइतबार साँझसम्म १६ वटा वाणिज्य बैंकले राष्ट्र बैंक समक्ष लिखितरुपमा मर्जरको प्रतिवद्धता बुझाएका छन्,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले क्लिकमाण्डूसँग भने ।

मर्जरमा जान ७ वटा वाणिज्य बैंकले राष्ट्र बैंकमा लिखित प्रतिवद्धता बुझाए, कुन कुन हुन् ती ?

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले गत असार १२ गते बैंकका अध्यक्ष तथा सञ्चालकहरुलाई मौद्रिक नीतिअघि मर्जरको लिखित प्रस्ताव पेश गर्न निर्देशन दिएका थिए ।

गभर्नरको निर्देशनपछि बैंकहरुले धमाधम मर्जरका लागि जोडी खोजिरहेका छन् भने सञ्चालक समितिको बैठक बोलाएर मर्जर कमिटि गठन गरेका छन् ।

‘अधिकांश बैंकहरुले मर्जर कमिटि गठन गरेर जोडी खोजिरहेको जानकारी दिएका छन्,’ निरौलाले भने, ‘ग्लोबल बैंकले भने जनता बैंक गाभ्नका लागि समझदारी नै गरेको छ ।’

एसबीआई बैंक समेत मर्जरमा जान तयार, राष्ट्र बैंकमा पठायो प्रस्ताव

राष्ट्र बैंकका अनुसार एनएमबि बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, एनआइसी एशिया बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंक, सेञ्चुरी बैंक, एनसीसी बैंक, नेपाल एसबिआइ बैंक, ग्लोबल आइएमइ बैंक, कुमारी बैंक, हिमालयन बैंक, मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जरको प्रतिवद्धता बुझाएका हुन् ।

प्रतिवद्धता बुझाएपनि आधा दर्जन बैंकबाहेक अधिकांश बैंकहरु मौद्रिक नीतिको पर्खाइमा बसेका छन् । देशमा २८ वाणिज्य बैंक सञ्चालनमा छन् ।


पुष्प दुलाल