एसबीआई बैंक समेत मर्जरमा जान तयार, राष्ट्र बैंकमा पठायो प्रस्ताव



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट मर्जरमा जानको लागि बैंकहरुलाई निर्देशन पठाउदा धेरैले स्टाण्डर्ड चाटर्ड र नेपाल एसबीआई बैंक तथा तीनवटा सरकारी लगानीका बैंकलाई यो नीतिले प्रभाव नपार्ने बुझाई धेरैको थियो ।

अझ विदेशी लगानी बढी भएका चाटर्ड र एसबीआई बैंकमा कुनैपनि संस्था मर्जर तथा एक्विजेशन नहुँने अनुमान धेरेको छ ।

मर्जरमा जान ७ वटा वाणिज्य बैंकले राष्ट्र बैंकमा लिखित प्रतिवद्धता बुझाए, कुन कुन हुन् ती ?

तर,एसबीआई बैंकले भने आफुहरु मर्जरमा जान तयार भएको प्रस्ताव नेपाल राष्ट्र बैंकलाई पठाएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले एसबीआई बैंकले मर्जरमा जान इच्छुक रहेको आफ्नो प्रस्ताव राष्ट्र बैंकमा पठाएको बताए ।

‘मर्जरमा सकारात्मक रहेको प्रस्ताव एसबीआई बैंकले गरेको छ,’निरौलाले भने ।

अहिलेसम्म ११ वटा बैंकले मर्जरको आफ्नो प्रस्ताव राष्ट्र बैंकमा गरेका छन् । जसमा ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्जरको सम्झौता भएको छ ।

यस्तै माछापुच्छ्रे,सिभिल,एनसीसी,लक्ष्मी,सिटिजन्स,सनराइज ,सानिमा र एनएबि बैंकले समेत मर्जरमा जान तयार रहेको प्रस्ताव पेश गरेका छन् ।


पुष्प दुलाल