पूर्वअर्थमन्त्री महतको सुझाबः आन्दोलन गरेर सेयर बजार बढ्दैन, घटेका बेला किन्नुस् (भिडियोसहित)



काठमाडौं । यतिबेला लगानीकर्ताहरु सेयर बजार घटेको भन्दै आक्रोशित भएका छन् । लगानीकर्ताको आक्रोश आन्दोलनसम्म पुगेको छ । बजार सुधारको माग गर्दै लगानीकर्ताहरु आन्दोलनमा होमिएका छन् ।

सरकारले लगानीकर्ताका मागहरु सम्बोधन गरिरहेको भएपनि बजार बढ्न सकेको छैन । त्यसैले आक्रोशित भएका लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडा सेयर बजारप्रति नकरात्मक भएकाले बजार बढन् नसकेको भन्दै अर्थमन्त्रीको बर्खास्तीको माग गर्न थालेका छन् ।

 ‘आन्दोलन गरेर मात्रै सेयर बजारमा सुधार हुँदैन, म त के भन्छु भने बजार घटेका बेला सेयर किन्ने समय हो, किनभने सँधै घटि त रहँदैन, कुनै अवस्थामा त सुधार आइहाल्छ ।’

सेयर बजार बढेन भनेर अर्थमन्त्रीको राजिनामा माग्दै आन्दोलन गर्ने लगानीकर्तालाई पूर्वअर्थमन्त्री डा. रामशरण महतले आन्दोलन गर्न छाडेर घटेको बेला सेयर किन्न सुझाब दिएका छन् ।

झन् आक्रमक बने लगानीकर्ताः अर्थमन्त्रीसहित ५ जनालाई कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह

‘सेयर बजार घट्नु वा बढ्नु स्वभाविक हो, अर्थतन्त्रको अवस्था र लगानीको वातावरणले सेयर बजारको घटबढ भइरहन्छ,’ पूर्वअर्थमन्त्री महतले क्लिकमाण्डूसँग भने, ‘अहिले मुलुकमा भ्रष्टाचार मौलाएको छ, लगानीको वातावरण बनेको छैन, अथार्थिक गतिविधिहरु पनि बढ्न सकेका छैनन्, त्यसको असर सेयर बजारमा देखिएको छ ।’

प्रहरीले पक्राउ गरेका सेयर लगानीकर्ताले अर्थमन्त्री खतिवडालाई दिए यस्तो सन्देश (भिडियोसहित)

सरकार ५ वर्षका लागि निर्वाचित भएको छ भनेर र सरकारमा बस्नेहरुका मिठा भाषणले लगानीको वातावरण नबन्ने महतको भनाई छ ।

‘लगानीको वातावरण बढ्दै गयो भने सेयर बजार घट्दैन,’ महतले भने, ‘आन्दोलन गरेर मात्रै सेयर बजारमा सुधार हुँदैन । म त के भन्छु भने बजार घटेका बेला सेयर किन्ने समय हो । किनभने सँधै घटि त रहँदैन । कुनै अवस्थामा त सुधार आइहाल्छ ।’


तर, लगानीकर्ताहरुले नीतिगत सुधारका लागि आवाज भने उठाउनुपर्ने उनको भनाई थियो ।

बहुमतप्राप्त वर्तमान सरकारले जनतामा ठूलो आशा जगाएको तर अहिले त्यो आशा निराशामा परिणत भइसकेको महतले दाबी गरे ।

रेवतबहादुर कार्की र निरज गिरी ‘भ्रष्ट’ भन्दै धितोपत्र बोर्डमै नाराबाजी (भिडियोसहित)

त्यसो त निर्वाचनमा बहुमत हासिल गरिसकेपछि वेटिङ प्रधानमन्त्रीका रुपमा रहेका केपी शर्मा ओलीले आफूहरुको सरकार बनेपछि सेयर बजार बढ्ने ठोकुवा गर्दै लगानीकर्ताहरुलाई नयाँ सरकार गठन भएका दिन दिपावली गर्न सुझाब दिएका थिए ।

तर, ओली प्रधानमन्त्री भएपछि ३ सय अंकभन्दा बढीले सेयर बजार घटिसकेको छ । बजार घटेपछि डुबेका लगानीकर्ताहरु सरकार अनुदार भएका कारण बजार बढ्न नसकेको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

अर्थमन्त्रीका सहयोगी खरेलले सेयर लगानीकर्तालाई प्रधानमन्त्रीसँग भेट्न दिएनन्

आफ्ना माग लिएर प्रधानमन्त्री ओलीलाई भेट्न गएका लगानीकर्ताहरुलाई प्रधानमन्त्रीले पटकपटक भेट नदिई फर्काएका छन् ।


पुष्प दुलाल