के हो मार्जिन ट्रेडिङ ? कसरी गर्ने कारोबार ?



शेयर कारोबारीले आफूसँग भएको रकमभन्दा बढी रकममा शेयर खरिद गर्न पाउने सुबिदालाई मार्जिन कारोबार भनिन्छ ।

मार्जिन कारोबार बजारमा हुने उतारचढाबबाट प्रतक्ष्य लाभ लिनका लागि तत्कालिन कारोबार हो । जसको लागि लगानीकर्ताले आफूसँग भएकोभन्दा केही बढी रकम, जुन ब्रोकरले मार्जिनको रुपमा उपलब्ध गराउने गर्छ । र, त्यसबापत ब्याज अथवा अन्य शूल्कहरु तिर्नु पर्छ । त्यसरी एउटा मार्जिन लिइसके पछि त्यो भित्र रहेर मार्जिन सेवा उपभोग गर्न पाउछ ।

यो मार्जिन कारोबार भनेको दीर्घकालिन लगानीभन्दा पनि अल्पकालिन लगानीको लागि बढी उपयोगी हुन्छ । यो मार्जिन बढीमा ३ महिनासम्मको लागि दिइन्छ । यो महिना सकिए पछि नबिकरण गर्ने गरिन्छ । यसको लागि लगानीकर्ताले ब्रोकरसँग एउटा स्ट्यान्डर फरम्याटमा सम्झौता हुन्छ । सम्झौता पछि मात्रै उसँग कारोबार सुरु हुन्छ ।

लगानीकर्ताले गर्ने सम्झौतामा सुरुको मार्जिन कति हुने, सम्भार मार्जिन कति हुने, मार्जिन कल कसरी गर्ने, मार्जिन कल नहुँदा रेखदेख कसरी गर्ने र त्यसको हिसाब किताब कसरी राख्ने भन्ने विषय हुन्छ । त्यो सम्झौता गर्दा लगानीकर्ताले एउटा ब्रोकरबाट मात्र कारोबार गर्ने स्वघोषणा गर्नु पर्छ ।यसमा महत्वपूर्ण कुरा यो छ । मार्जिन कारोबार या उपभोग गर्ने लगानीकर्ताले सम्झौता गर्दा एउटा लगानीकर्तासँग वा ब्रोकरसँग मात्रै गर्ने भनेर स्वघोषणा गर्नु पर्छ ।

त्यो लगानीकर्ताको सामथ्र्यता ब्रोकरले अध्यन गर्छ । तपाइलाई लोन दिन या मार्जिन दिन उपयूक्त छ कि छैन अथवा उ सन्तुस्ट छ कि छैन भन्ने कुरा ब्रोकरले महसुस गरेपछि मात्रै उसलाई ऋण दिने नदिने तय हुन्छ ।

त्यसको एउटा मार्जिन खाता खोलेको हुन्छ ब्रोकरले छुट्टै खातामा त्यसको शेयर जम्मा गर्छ । र, बैंक हिसाब पनि मार्जिन एकाउन्टमा राख्छ । र, शेयर पनि एउटा मार्जिन निक्षेप खाता खोलेर त्यहाँ जम्मा गर्छ ।

यसको अभिलेख दैनिक रुपमा राखेर नेप्सेलाई जानकारी गराउनु पर्छ । र, यो हरेक विषय लगानीकर्ता आफूले पनि जानकारी दिनु पर्छ । आफ्नो मार्जिन तिर्नु पर्ने छ छैन, चनाखो भएर हेर्नुपर्ने हुन्छ ।

अझ बढी ध्यान दिनु पर्ने कुरा बास्तविक मार्जिन भनेको के हो र यसको गणना कसरी हुन्छ भन्ने हो । बास्तविक मार्जिन भन्ने बित्तिकै हामीले धितोपत्रको बजार मूल्य बजारम मूल्यमा नगद पनि जोडिएको हुन्छ । त्यसमा मार्जिन ऋण रकम हटाउने त्यसलाई धितो पत्रको बजार मूल्य र जम्मा गरेको नगद प्रतिशतमा निकाल्यो भने त्यसको बास्तबिक मार्जिन प्रतिशत प्राप्त हुन्छ ।

धितोपत्रको बजार मूल्य भन्ने बित्तिकै मार्जिन खरिद गन्तर्गत खरिद भएका तथा मार्जिन कल थप गरिएका धितोपत्रहरुको वर्तमान बजार मूल्यलाई धितोपत्रको बजार मूल्य भनेर भनेको छ ।

कारोबारीहरुको लागि छोटो समयमा लाभ लिनको लागि राम्रो परिणाम बढाउछ । १० लाख भएका लगानीकर्ताले २० लाखसम्मको कारोबार गर्न सक्ने भए । त्यसले भोल्यूम क्रियट गर्छ ।

नगद भनेको मार्जिन कल थप गरिएको नगत जस्तै मार्जिन घट्यो भने मार्जिन कल गर्दा खेरी उसले नगदै ल्याउन सक्छ । यो सुत्रबाट बास्तबिक मार्जिन कति छ भनेर गणना गरिन्छ । लगानीकर्ताले सम्झौता गर्दा ध्यान दिनु पर्ने भनेको सुरु मार्जिन कति हुने ? लगानीकर्ताले ध्यान दिनु पर्ने सम्झौतामा के के कुरा उल्लेख गरिएका छन् र सम्झौता गर्दा यी विषबस्तुहरुमा विषेश ध्यान दिनु पर्छ लगानीकर्ताले । जस्तै सुरु मार्जिन कति हुने ? सम्भार मार्जिन कति हुने ? मार्जिनकल कति हुँदा खेरी कसरी गर्ने ? खरिद गर्ने शेयरहरु कुनकुन हुन र त्यसको विवरण के हुन्छ, त्यो उपलब्ध गराउनु पर्छ । त्यपछि लगानीकर्ताको मृत्यु भएमा मार्जिन ऋण चुक्ता गर्ने दाइत्व कसको हुने भनेर लेख्नु पर्यो । लगानीकर्ता कालोसुचीमा भएमा के गर्ने ? आवश्यक्ता अनुसार अन्य सर्तहरु आवश्यक पर्ने त्यो पनि उल्लेख गरेर सम्झौता गर्नु पर्यो ।

कस्ता कम्पनीलाई दिन सकिन्छ ?
धितोपत्र बोडको निर्देशन अनुसार मार्जिन दिनको लागि धितोपत्र बोर्ड भन्दा कम्तिमा १० हजार शेयर धनी हुनु पर्यो । खुद सम्पती ऋणात्मक नभएको हुनु पर्यो । पछिल्लो २ आर्थिक वर्षमा १० प्रतिशत भन्दा बढी डिभिडेन्ट दिएको हुनुपर्यो ।

दोस्रो बजारमा कम्तीमा ८० प्रतिशत दिनमा शेयर कारोबार भएको हुनुपर्यो । र, आर्थिक वर्षको प्रथम ६ महिना भित्रै वार्षिक साधारणसभा गरेको हुनु पर्यो ।

यी ५ वटा मापदण्ड पूरा गरेको कम्पनीलाई मात्रै मार्जिन कारोबार सुबिधा दिन सकिन्छ । त्यसबाट छनोट भएको कम्पनीको सुची नेपाल स्टक एक्सचेन्जले देखाउछ । स्टक एक्सचेन्जले प्रकासित गरेको सुची मध्ये फेरि कुन कुनलाई दिने भनेर ब्रोकरले थप सुची निकाल्न सक्छ ।

स्टक एक्सचेन्जले निकालेको सुची अनुसार नै दिनुपर्छ भन्ने छैन । ती मध्ये ब्रोकरले फिल्टर गर्न सक्छ । मार्जिन योग्य धितोपत्र यसरी छनोट गरिन्छ ।

एग्रिमेन्ट गरिसकेपछि व्यवसायीले कम्तीमा ५० प्रतिशत भन्ने कुरा छ सुरुको मार्जिन रकम ब्रोकरको मार्जिन एकाउन्टमा राख्नु पर्यो । त्यसपछि उसले १०० प्रतिशतको शेयर खरिद गर्न पायो । त्यसपछि उसको सम्भार मार्जिन ४० प्रतिशत छ । न्यूनतम ४० प्रतशत भन्दा तल जाने बितिकै मार्जिन कल हुन्छ ।

र, मार्जिन कल गरेपछि उसले नगद दिनु पर्ने हुन्छ । अथवा शेयर विक्री गरेर उसको शेयर असुल्ने भन्ने उल्लेख गरिएको छ ।

मूल्य घट्यो भने के गर्ने ?
मूल्य घट्ने बित्तिकै ४० प्रतिशत भएपछि मार्जिन कल हुन्छ । बास्तबिक मार्जिन ३० प्रतिशत वा सोभन्दा तल आउने बितिकै उसले शेयर विक्री गर्दिन सक्छ । लगानीकर्ताका अनुमति आवश्यकता पर्दैन ।

३० प्रतिशत भन्दा तल आउने बित्तिकै उसलाई नसोधी पनि विक्री गरिदिन सक्छ ।
यो बजार लाभको लागि मात्र हो इन्भेष्टमेन्टको लागि होइन ।

यो इन्भेष्टमेन्टको लागि लङ ट्रम त हुँदैन । मार्जिन कारोबारले बढ्दो बजारमा बजारबाट लाभ लिनको लागि मात्रै अल्पकालको लागि हो । बढीमा ३ महिना घटीमा १ महिनासम्मको लागि ऋण लिएर कारोबार गर्दा उपयुक्त हुन्छ ।

अझ वास्तविकता यसको इनटार डे कारोबार गर्दा हुन्छ । त्यो अहिले हामीमा सुबिदा छैन । त्यही भएर अहिले वर्ष दिन कारोबार गर्नको लागि ऋण लिएर गर्नु यो उपयूक्त हुन्न । त्यसको लागि अहिले बैंकले त्यसमा उपलब्ध गराएको शेयर कर्जा उपयुक्त हुन्छ । यो मार्जिन कारोबार उपयुक्त हुदैन ।

ब्रोकरले स्रोत कसरी जुटाउने महत्वपूर्ण हुन्छ । पहिला त ब्रोकरको आफ्नै पुँजी हुन सक्छ । ब्रोकरले आफ्नो क्यापिटलबाट लगानी गर्छ । आफ्नो क्यापिटलबाट नपुग्ने रहेछ भने उसले आफ्नो प्रबर्धकहरु तथा शेयरहोलडरहरुसँग ऋण सापट लिन सक्छ । र, वाणिज्य बैंकसँग ऋण लिएर लगानी गर्न सक्छ ।

कारोबारीहरुको लागि छोटो समयमा लाभ लिनको लागि राम्रो परिणाम बढाउछ । १० लाख भएका लगानीकर्ताले २० लाखसम्मको कारोबार गर्न सक्ने भए । त्यसले भोल्यूम क्रियट गर्छ ।
लेखक धितोपत्र ब्रोकर संघका पूर्वअध्यक्ष हुन् ।


क्लिकमान्डु