
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड आफ्ना ग्राहकलाई थप सुविधाहरू प्रदान गर्ने उद्देश्यले जगदम्बा हस्पिटालिटि ग्रुप लिमिटेड, डिबिए हिल्टन होटल, काठमाण्डौंसँग साझेदारी गरेको छ । यस सहकार्य अन्तर्गत माछापुच्छ्रे बैंकका खातावाला ग्राहकहरु, डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरू, निओन कार्डवाहक ग्राहकहरु, स्मार्ट युजरहरु र माछापुच्छ्रे बैंकका कर्मचारीहरुलाई हिल्टन होटलका विभिन्न सेवा सुविधामा बढीमा १० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ ।
बैंकका ग्राहकहरूले हिल्टन होटलमा खानपान तथा अन्य सेवाहरूमा उक्त आकर्षक छुटहरू प्राप्त गर्न सक्नेछन् । बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको छ ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले १६५ वटा शाखा, ९९ शाखारहित बैकिङ सेवा र ११ एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएममार्फत १६ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ ।








प्रतिक्रिया