नक्कली स्मार्टफोन किन्नबाट कसरी बच्ने ?



विज्ञान र प्रविधिको विकाससँग मानिस सुविधा चाहने बन्दै गएको छ ।

इन्टरनेटको सहज उपयोगका कारण मानिस घरको एउटाको बसेर इन्टरनेटमा एक क्लिकमा भरमा आफ्ना सबै काम गर्न सक्ने अवस्थाको सिजना भएको छ ।

छोटो मिठो शब्दमा भन्ने हो, आम मानिसको अहिलेको माग भनेको अनलाईन हो । अनलाईको विकास तीब्र गतिमा भईरहेको छ । अनलाईनमा मानिसका दैनिकीदेखि मृत्युपरणका सामाग्री सहज र सरल रुपमा पाउँने गरेका छौं ।

हाल नेपालमा पनि अनलाईन सपिङ साइटहरुको द्रुत गतिमा भइरहेका छन् । अनलाईमा सपिङ बिक्री हुने सामानका सम्पूर्ण विस्तुत विवरण राखिएको छ । सामानकाबारेमा व्यापारीसँग मोलतोल र सामानाको विशेषताको बारेमा बुझ्नु पर्ने झन्झटबाट पनि छुटकारा मिल्छ ।

अनलाईन पसलले घरमै सामान उपलब्ध गराउने भएकाले मानिसको पहिलो रोजाइमा अनलाईन पसल पर्ने गरेका छन् ।
अनलाईनमा बिक्रीका लागि राखिएका सम्पूर्ण सामान सक्कली नहुन पनि सक्छ । आज हामी अनलाइन सपिङ गर्दा नक्कली स्मार्टफोनको खरिदबाट कसरी सजक हुँन सकिन्छ भन्ने बारेमा केहि जानकारी दिन गईरहेका छौं ।

स्मार्टफोनको लुक

तपाई अनलाईनबाट कुनै स्मार्टफोनको खरिद गर्दै हुनुहन्छ भने सर्वप्रथम फोनको लुकमा ध्यान दिनु पर्ने हुन्छ । फोनको बडी फिनिसिङका साथै कम्पनीको लोगो र डिजाइनमा ध्यान दिन आवश्यक छ । फोनको डिजाइन वा बनोटमा कुनै फरकपन पाइएमा त्यो फोन नक्कली हुन्छ ।
कलर र डिजाइन
कुनै फोन खरिद गर्नु पूर्व त्यस फोनको कलर वेरिएसन र डिजाइनको बारेमा राम्रो जानकारी राख्नु पर्ने हुन्छ । यस सबै कुराको जानकारी ग्राहकले कम्पनीको वेवसाइटबाट हासिल गर्न सक्छ् ।

तौल

कम्पनीको अफिसल वेबसाइटमा फोन सम्बन्धी सम्पूर्ण विवरण राखिएको हुन्छ । वेबसाइटमा फोनको तौल पनि राखिएको हुन्छ । सक्कली फोनको तलनामा नक्कली फोनको तौल कम या ज्यादा हुन्छ । यसको प्रमुख कारण भनेको नक्कली फोनमा हलुका पूर्जाको प्रयोग गरिएको हुन्छ ।

मुल्य

फोन खरिदगर्दा सबैभन्दा ध्यान दिनु पर्ने विषय भनेको मुल्य हो । नक्कली फोन सक्कली फोनको तुलनामा मुल्य कम राखिएर बेच्ने गरिएको पाइन्छ । त्यसैले फोन खरिद गर्नु पूर्व अनलाईन मुल्यको जानकारी हर्ने आवश्यक छ ।

ग्यारेन्टी वा वारेन्टी

नयाँ फोन खरिद गर्ने समयमा ग्यारेन्टी वा वारेन्टीसँग सम्बन्धीत सबै जानकारी राख्न आवश्यक छ । फोनको कागजातलाई पनि राम्रोसँग हेर्न आवश्यक हुन्छ । बजारमा राम्रो उपस्थित भएका कम्पनीले नयाँ प्रोडक्म डिफेक्ट देखिएमा फोन रिप्लेस गर्ने गरेको छ । तर, नक्कली फोनमा यस्तो सुविधा उपलब्ध छ ।

एप्स
गूगल प्ले स्टोरमा यस्ता धेरै एप्स छन् । जसले फोनसँग सम्बन्धीत हरेक जानकारी उपलब्ध गराउँछ । ती एप्सले प्रोसेशर, र्याम, ग्राफिक्सका साथै स्मार्टफोनको मोडल, ब्राण्ड, स्क्रिनलगायत अन्य हार्डवेयर फिचरका बारेमा जानकारी दिन्छ । यस्ता एप्सको सहयोगबाट ग्राहक नक्कली फोन खरिद गर्नबाट बच्न सक्छन् ।

आइएमइआई नम्बर

फोनको आइएमइआई नम्बर जाँच गर्नु भनेको नक्कली फोनको खरिदबाट बच्ने एक उपाय हो । फोनमा आइएमइआई नम्बर स्मार्टफोनको पछिल्लो भागमा जहाँ ब्याट्री राखिएको हुन्छ । आइएमइआई नम्बर स्टार एस्ट्रिक०६ एस्ट्रिक को प्रयोगबाट जाँच्न सकिन्छ । फोनमा दुईवटा सिम लाग्छ भने फोनमा दुईवटा आइएमइआई नम्बर हुन्छ ।


क्लिकमान्डु