कसरी चिन्ने नक्कली नोट



झापाको दमकमा भेटिएको नक्कली नेपाली ५ सयको नोट तस्बिर यज्ञराज आङदेम्बे झापा । रासस

काठमाडौं । केही दिन अगाडि पोखरामा नक्कली नोट फेला पर्यो । यस्तै झापामा पनि नक्कली नोट भेटियो । नेपालमा नक्कली नोटको समस्या त्यती नआउने भएपनि पछिल्लो महिना नक्कली नोटको बिगबिगी बढेको छ । सक्कली नोटमा केही विशेषता छन् । जसले सजिलै नोट सक्कली नक्कली छुटउन सकिन्छ ।

पानी छाप : नेपाली नोटको दायाँ भागको खाली ठाउँलाई प्रकाशतिर फर्काएर हेर्यौ भने लाली गुराँसको पानी छाप स्पष्ट रुपमा देख्न सकिन्छ । नक्कली नोटमा यस्तो पानी छाप अस्पष्ट र अलि कालो धब्बा जस्तो देखिन्छ ।

सुरक्षा धागो : नेपाली नोटमा प्रयोग गरिएको सुरक्षा धागो फोटोकपी गर्न सकिदैन । फोटोकपी गरिएको सुरक्षा धागो कालो र त्यसमा छापिएको अक्षर छोएिको जस्तो देखिन्छ । सुरक्षा धागोलाई नियालेर हेर्ने हो भने धागोमा लचद लचद हुन्छ ।

छोएर हेर्ने : नेपाली नोटको बुट्टालाई हातले विस्तारै छोएर हेर्ने हो भने यस्ता बुट्टा कागजमाथि हातले महसुस गर्न सकिने खालको हुन्छ । नोट पुरानो हुँदै जाँदा भने यस्तो विशेषता कम हुँदै जाने हुन्छ ।

आवाजः नेपाली नोट शतप्रतिश कपासबाट भने कागजबाट बनाइएको हुँदा नोटलाई काननिर लगेर हल्लाउँदा आउने आवाज र साधारण कागज हल्लाउँदा आउने आवाज फरक हुन्छ । नोट पुरानो हुँदै जाँदा यो विशेषतामा पनि ह्रास आउने गर्दछ ।

अग्रपृष्ठ संयोजन : रुपैयाँ १००,५००,१००० दरको नोटलाई प्रकाशतिर फर्काएर हेर्दा पानी छाप भएको कोठाको बाहिरपट्टि(बायाँतिर) भएको बुट्टा र त्यसको पछाडिपट्टि भएको बुट्टा मिलेर लचद भन्ने शब्द बन्छ । नक्कली नोटमा त्यसको लाइन फरक देखिन्छ । स्रोत : राष्ट्र बैंक समाचार


क्लिकमान्डु