गाउँमा भन्दा सहरमा बस्दा दोब्बर खर्च



काठमाडौं । गाउँमा बस्नेले भन्दा सहरमा बस्नेले दोब्बर खर्च गर्नुपर्ने देखाएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको घरपरिवार सर्वेक्षणले गाउँमा बस्नेले भन्दा सहरमा बस्नेले उपभोगमा दोब्बर खर्च गर्ने गरेको देखिएको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ग्रामीण घरपरिवारले औसतमा २ लाख ४८ हजार ८ सय ९३ रुपैयाँ खर्च गर्छन् । यस्तै सहरमा बस्नेले ४ लाख ३१ हजार ३ सय ३७ रुपैयाँ खर्च गर्छन् । औसतमा नेपालको एउटा परिवारले वार्षिक उपभोगमा ३ लाख २२ हजार ७ सय ३० रुपैयाँ खर्च हुने गरेको छ ।

विभागले सार्वजनिक गरेको तथ्याक अनुसार एक व्यक्तिले उपभोगमा ७० हजार ६ सय ८० रुपैयाँ खर्च हुने गरेको छ । अघिल्लो घर परिवार सर्वेक्षण अनुसार नेपालीको उपभोग खर्च ११ प्रतिशतले बढेको छ । ग्रामीण क्षेत्रमा बस्ने व्यक्तिले ५२ हजार ७ सय रुपैयाँ र घरमा बस्नेले १ लाख १ हजार ६ सय ५९ रुपैयाँ रहेको छ ।
नेपालीले गर्ने खर्चमा खाद्यान्यमा ५३.८ प्रतिशत तथा गैर खाद्यमा ४६.२ प्रतिशत खर्च हुने गरेको छ । सहरमा बस्नेको भने खाद्यान्यमा भन्दा अन्यमा बढी खर्च हुने गरेको छ । सहरमा बस्ने घरपरिवारले ४४.९ प्रतिशत र गैरखाद्य उपभोगमा ५५.१ प्रतिशत रहेको छ । यस्तै ग्रामीण घरपरिवारले ५९.८ प्रतिशतले खाद्यान्यमा र गैरखाद्यमा ४०.२ प्रतिशत खर्च गर्ने गर्छन् ।

विभागका अनुसार एक व्यक्तिले औसतमा खाद्यान्यमा ३३ हजार रुपैयाँ खर्च गर्ने गरेको देखिएको छ । जसमा खाद्यान्यमा ९ हजार ८ सय,माछामासुमा ५ हजार ३ सय,दुध र अण्डा २ हजार ८ सय,तेल र घिउँमा २ हजार ४ सय,फलफुलमा १ सय ३ सय,चिनी र मिठाईमा ९ सय ६४,चिया कफि २ सय ४१,चुरोट र सुर्तीमा १३ सय,मदिरामा २ हजार ६३,मसलाजन्यममा १३ हजार रुपैयाँ खर्च हुने गरेको छ ।


क्लिकमान्डु