
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका छन् ।
बुटवलस्थित सुप्रिम सहकारीको ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामा राख्न आदेश दिएको थियो । यसअघि रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो, जुन आदेश उच्च अदालतले बदर गरेको हो ।
उक्त आदेशअनुसार लामिछाने चैत २२ गते पक्राउ परी पुर्पक्षका लागि थुनामा राखिएका छन् । कानूनअनुसार थुनामै रहेर पुनरावेदन गर्न पाउने प्रावधानअनुसार उनले आफ्ना कानुन व्यवसायीमार्फत सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन्।
प्रतिक्रिया