
काठमाडौं । चैत १५ गतेको तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।
शुक्रबार प्रसाईंलाई झापाको भद्रपुरस्थित विमानस्थलबाट काठमाडौं ल्याइएको थियो ।
त्यहाँबाट उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई सरकारी वकिलको कार्यालय लगिएको हो।
अब केहीबेरमै उनलाई जिल्ला अदालत काठमाडौं पेश गर्ने तयारी गरिएको छ। अदालतबाट म्याद थप गर्ने प्रक्रिया आजै अघि बढाइने प्रहरीले जनाएको छ ।
प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगलगायतका गम्भीर आरोपमा मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ ।
दुई जनाको ज्यान गएको र निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनीको घटनापछि प्रसाईं फरार थिए । उनलाई प्रहरीले भारतको आसामबाट नियन्त्रणमा लिएको हो ।











प्रतिक्रिया