
काठमाडौं । आफ्नो भनाइ राख्न संसदको रोष्टमा उभिएका गृहमन्त्री सुधन गुरुङ भावुक बनेका छन् ।
संसदमा आफ्नो भनाइ राख्न माग गरेपछि सभामुख डोलप्रसाद अर्यालले गुरुङलाई समय दिएका थिए ।
सोहीअनुसार गुरुङ आफ्ना कुरा राख्न रोष्टममापनि पुगे । तर, उनी केही समय बोल्न सकेनन् र रोष्टम छोडेर केही समय बाहिर गए । यसपछि आएर भने उनले आफ्नो धारणा राखिरहेका छन् ।
खासगरी, राहदानी विभाग अगाडि आत्मदाह गर्ने प्रयास गरी उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीमाथि संसदमा धेरैले आज प्रश्न उठाएका थिए । सोही विषयलाई सम्झिँदै गृहमन्त्री भावुक बनेका थिए ।
‘घाँटी चिच्याएर मात्रै हुँदैन । जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन । त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो । हामीले हातले गर्नुपर्छ,’ उनले भने, ‘आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ । त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ । मलाई इच्छा छैन कसैको लागि स्टन्टबाजी गर्नका लागि । म आफ्नो देशको सेवा गर्न आएको हो ।’
उनले थप भनेका छन्, ‘हामी गृहमन्त्रीमा बसेर कसरी के गर्ने भनेर टिम बनाएर छलफल गरिरहेका थियौं । म यो सम्मानित सदनलाई सोध्न चाहन्छु, हिजो हस्पिटलमा कति जना हुनुहुन्थ्यो ? जो यहाँ घाँटी चिच्याएर कराउनुभएको छ ।’






प्रतिक्रिया