नाफा बढ्दा कुन बैंकको प्रतिसेयर आम्दानी कति बढ्यो ? (सूचिसहित)



काठमाडौं । यतिबेला बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्ष २०७५/०७६ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् ।

२८ मध्ये अहिलेसम्म १८ बैंकले मात्र वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका १८ वटै बैंकको नाफा अर्ब कटेको छ ।

नाफाका हिसाबले नबिल बैंक अग्रस्थानमा रहेको छ भने दोस्रोमा एभरेष्ट बैंक रहेको छ । नबिल बैंकको नाफा ३ अर्ब १९ करोड १० लाख ७१ हजार रुपैयाँ रहेको छ भने एभरेष्ट बैंकको २ अर्ब २१ करोड ६० लाख ३६ हजार रुपैयाँ रहेको छ ।

व्यवसायीको आन्दोलनले छोएन बैंकलाई, स्प्रेड झन् बढ्यो, कुन बैंकले कति बढाए ? (सूचिसहित)

बैंकहरुको विवरण हेर्दा गत आवको तेस्रो त्रैमाससम्म अर्बपति क्लबमा प्रवेश गर्ने बैंकहरु १० वटा मात्र थिए । चालु आवको सोही अवधिमा आइपुग्दा १८ वटै बैैंक अर्बपति समूहको देखिएका छन् । यो अवधिमा आइपुग्दा सबै बैंकको नाफामा राम्रो प्रगति देखिएको छ ।

बैंकहरुको नाफामा सुधार देखिएपनि प्रति सेयर आम्दानी तर्फ भने खासै प्रगति देखिएको छैन । चालु आवको तेस्रो त्रैमासमा आईपुग्दा नबिल, सिद्धार्थ, नेपाल बैंकको प्रति सेयर आम्दानीमा गिरावट देखिएको छ । अन्य बैंकहरुको पनि उल्लेख्य मात्रामा सुधार देखिएको छैन ।

प्रतिसेयर नेटवर्थतर्फ कुमारी बैंकमा सुधार देखिएको छैन भने बाँकी १७ वटा बैंकहरुको सामान्य सुधार देखिएको छ । गत आवको तेस्रो त्रैमासमा १४७ रुपैयाँ ११ पैसा रहेको बैंकको चालु आवको सोही अवधिमा आईपुग्दा १४७ रुपैयाँ ६३ पैसा मात्र पुगेको छ । 


पुष्प दुलाल