खुल्लामूखी सामूहिक लगानी कोष, पूर्वाधारम केन्द्रित होस्: नीरव पुडासैनीको बिचार



न्यूनतम लगानीयोग्य तरल पुँजीहरुको एकीकृत व्यवस्थापन गर्ने हेतुले सामूहिक लगानी कोषको अवधारणा पुँजी बजारमा आएको हो । हाम्रो सन्दर्भमा करिब २५ वर्षअघि एनआइडीसी क्यापिटल मार्केटले प्रवद्र्धन गरेको एनसीएम म्युचुअल फण्ड नै नेपालको पहिलो सामूहिक लगानी कोष हो । तथापि बजारीकरण र व्यवस्थापनको कमी कमजोरीको कारण यसले उल्लेखनीय प्रगति गर्न सकेन । लगानीयोग्य तरल पुँजीलाई मार्गनिर्देशित गर्न उचित सल्लाहकारको आवश्यकता रहन्छ ।

तर, आम लगानीकर्ताले व्यक्तिगतरुपमा यस्ता सल्लाहकारहरु आफैंले नियुक्त गर्न संभव हुँदैन । तसर्थ सामूहिक लगानी कोष मार्फत छरिएर रहेका पुँजीको एकीकृत व्यवस्थापन विज्ञमार्फत् गरिन्छ । यस्ता विज्ञले यस्तो पुँजीलाई विभिन्न क्षेत्र जस्तैः सेयर बजार, धातु तथा अन्य, कमोडिटि बजार, पूर्वाधार आदिमा लगानी गर्छन् ।

छरिएर बसेका पुँजीलाई लगानीयोग्य बनाउने भएका कारण यस्ता कोषले विद्यमान तरलता समस्याको पनि केही हल गर्छन् । साथै नयाँ रोजगारीका अवसरको पनि सिर्जना गर्छन् भन्ने कुराको विश्वास गर्न सकिन्छ ।

विश्वा पुँजी बजारको पूर्वाधार लगानी कोषको तुलना अन्य कोषको प्रतिफलसँग गर्ने हो भने पूर्वाधार लगानी कोषको प्रतिफल ४३.६ प्रतिशत ले रहेको पाइन्छ ।

त्यसकाण पनि सम्बन्धित नियामकले यसलाई बढी महत्व दिनु आवश्यक हुन्छ । यस्ता लगानी कोषहरु विज्ञ समूहद्वारा व्यवस्थापन गर्ने कुराको विश्वास गर्न सकिन्छ । फलस्वरुप तरलता व्यवस्थापनसँगै कारोबार लागत पनि कम हुन्छ भन्ने कुराको आशा गर्न सकिन्छ । यद्यपि नेपालमा यस्ता कोषहरु कसले सञ्चालन गर्ने गराउने ? प्रष्ट अवधारणा छैन भन्दा अन्यथा नहोला ।

तथापि विश्वास भने गर्न सकिन्छ, केही हदसम्म यो अनुशासित हुन्छ भनेर । यसका साथै सामूहिक लगानी कोष बजार जोखिम वा बजारको अवस्था अनुरुप हुन्छ । त्यसकारण यसले सँधै प्रतिफल दिन्छ भन्ने हुँदैन । विज्ञहरुले सञ्चालन गर्ने भएको कारण सँधै राम्रो प्रतिफल दिन्छ भन्ने निश्चित हुँदैन ।

हाम्रो सन्दर्भमा सिद्धार्थ क्यापिटलले सञ्चालन गरेको पहिलो म्युचुअल फण्डले राम्रो प्रतिफल दिएको थियो । तर, त्यसपछिका फण्डहरुको अवस्था त्यति चित्तबुझ्दो छैन । यस्ता कोषहरुको जिम्मेवारी कसैले लिएको हुँदैन । फलस्वरुप प्रतिफलको दाबी गर्ने आधार कहिल्यै हुँदैन । विश्व बजारको आधारमा दुई किसिमका सामूहिक लगानी कोष सञ्चालन भएको पाइन्छ– बन्दमूखी योजना र खुल्ला योजना ।

बचतलाई प्रोत्साहन गर्ने वा न्यून पुँजी भएका लगानीकर्ताहरुलाई बन्दमूखी योजना राम्रो हुन्छ । जसमा सेयर संख्या र समयसीमा तोकिएको हुन्छ । यसको साथै यस्ता कोषहरु तोकिएको अवधिभित्र सेयर बजारमा कारोबार हुन्छन् । यसको यसको एनएभीभन्दा बजार मूल्य केही फरक पर्ने संभावना सँधै रहिरहन्छ । एनएभी भनेको नेट एसेट भ्यालू हो । म्युचुअल फण्डको समाप्तिमा यही एनएभीको आधारमा लगानीकर्ताहरुले आफ्नो पैसा फिर्ता पाउँछन् । म्युचुअल फण्डका विज्ञमार्फत् पुँजीहरुको सेयरबजारमा गर्ने लगानी नै म्युचुअल फण्ड लगानी हो ।

खुल्लामूखी योजनामा किनबेच सबै स्वयं निष्काशन गर्ने कम्पनीले गर्छ । यसका साथै यस योजनामा थप पुँजीको लगानी गर्नुपर्ने बाध्यता सँधै रहिरहन्छ । खुल्लामूखी लगानी कोष वा योजनामा तरलताको समस्या हुँदैन । इकाइधनीले आफ्नो अनुकुलताको आधारमा जुनसुकै बेला आफ्नो इकाइ बिक्री गर्न सक्छ ।

बन्दमूखी लगानी कोषले लगानीकर्तालाई म्युचुअल फण्डका इकाइहरु सीधै सेयरबजारबाट खरिद गर्न सक्ने सुविधा पाउँछ । जसको निश्चित समय तोकिएको हुन्छ । तर खुल्लामूखी योजनामा एनएबीको आधारमा किनबेच हुन्छ ।

तर त्यसको लागि सेयर बजारको आवश्यकता हुँदैन । साथै यसको निश्चित समाप्ति अवधि हुँदैन । तर यसको बन्दमूखी योजनामा कोषको समाप्ति अवधि उल्लेख गर्नुपर्ने हुन्छ । साथै यस योजनाको किनबेच सबै धितोपत्र बोर्ड र नेप्सेमार्फत् गर्नुपर्ने हुन्छ ।

तर, खुल्लामूखी योजनामा किनबेच सबै स्वयं निष्काशन गर्ने कम्पनीले गर्छ । यसका साथै यस योजनामा थप पुँजीको लगानी गर्नुपर्ने बाध्यता सँधै रहिरहन्छ । खुल्लामूखी लगानी कोष वा योजनामा तरलताको समस्या हुँदैन । इकाइधनीले आफ्नो अनुकुलताको आधारमा जुनसुकै बेला आफ्नो इकाइ बिक्री गर्न सक्छ ।

तर बहुउदेश्यीय योजनामा यस्तो सुविधा हुँदैन । म्युचुअल फण्डको मूल्य तत् कोषको एनएभी अर्थात् कुल सम्पत्तिको मूल्यको आधारमा हुने हुँदा बजार जोखिमसँग यसको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । कुनैपनि लगानी कोष योजनाको प्रतिफलको वा ग्रोथको आधार नै एनएभी प्रतिशतमा हुन्छ ।

उदाहारणका लागि यदि कुनै लगानी कोषको एनएभी १२ रुपैयाँ प्रतिइकाइ छ । र, त्यसको एनएभी १५ रुपैयाँ प्रतिइकाइ भयो भने उक्त लगानी कोषले २५ प्रतिशत प्रतिफल दियो वा ग्रोथ गर्यो । तर, साधारण तथा बजारमा कम एनएभी भएको लगानी कोषमा लगानी गर्न रुचाउनु स्वभाविक होइन ।

आम लगानीकर्ताहरुलाई पनि पूर्वाधारमा लगानी गरेको लगानी कोषमा लगानी गर्दा कर छुट लगायतका सुविधा उपलब्ध गराएर खुल्लामूखी लगानी कोषलाई खुल्ला गर्न सम्बन्धित नियामक लागोस् ।

नेपालको सन्दर्भमा बन्दमूखी योजनाहरु सञ्चालन भइरहेका छन् । नियामकले पनि तिनीहरुलाई धेरै सुविधाहरु उपलब्ध गराएको छ । तर, यस्ता सुविधाहरु प्राप्त गरे पनि यस्ता लगानी कोषहरु पुँजी बजारमा आम लगानीकर्ताहरु सरह ब्यवहार गरिरहेको देखिन्छ । न्यूनभन्दा न्यूत प्रतिफलमा पनि सेयरहरु राफसाफ गर्न सँधै अग्रसर हुनु उनीहरुलाई शुरुदेखि लागिरहेको आरोप हो, जुन धेरै हदसम्म सत्य पनि छ । यस्ता सुविधाहरु दिने हो भने सम्बन्धित नियामकले लगानी कोषहरुलाई पूर्वाधारको क्षेत्रमा लगानी गर्न प्रेरित गर्नुपर्छ ।

सेयर बजारमार्फत् विभिन्न पूर्वाधारका क्षेत्रहरुमा लगानी योजनाको अवधारणाको विकास नगर्ने हो भने फगत सेयर बजारको लगानीको आधारमा राष्ट्रिय पुँजी बजारको विकासको सन्दर्भमा यस्ता लगानी कोषहरुले कुनै टेवा दिन सक्दैनन् ।

विश्वा पुँजी बजारको पूर्वाधार लगानी कोषको तुलना अन्य कोषको प्रतिफलसँग गर्ने हो भने पूर्वाधार लगानी कोषको प्रतिफल ४३.६ प्रतिशत ले रहेको पाइन्छ । यो सन् २०१७ के तथ्यांकक आधारमा निकालिएको हो ।

सामूहिक लगानी कोषको मूल्य र उद्देश्य छरिएरबसेको लगानीलाई विज्ञहरुको निगरानीमा बजारमा लगानी गर्नु हो । तर, यसरी सबै पुँजी सेयर बजार वा बैंकको खातामा निश्चित ब्याजमा मात्र सीमित गर्नु उचित हुँदैन । तसर्थ लगानी कोषद्वारा वा मानै नेपालमो पहिलोपटक प्रयोग हुन लागेको खुल्लामूखी लगानी योजनामार्फत् यसको शुरुवात गर्नु उक्त हुन्छ ।

प्रतिपक्ष जोखिम तथा तरलता जोखिम खुल्लामूखी योजनामा बन्दमूखी योजनामा भन्दा केही हदसम्म कम हुन्छ । तसर्थ यसको फाइदा राष्ट्रिय पुँजी निर्माणमा केही हदसम्म गर्न सकिन्छ ।

तर, त्यसको लागि पूर्वाधार क्षेत्रहरुको पहिचान गरी खुल्ला योजनाहरुलाई पुँजी बजारमार्फत् खुल्लामूखी योजनाका कोषहरु मार्फत् लगानी गराउने प्रयास गर्नुपर्ने हुन्छ । व्यख्यामात्र फरक गरेर यदि खुल्लामूखी योजना आउँछ वा अनुमति दिइन्छ भने त्यसको कुनै तुक हुँदैन ।

भारतमा एचडीएफसी, टाटा जस्ता सामूहिक लगानी कोषहरुले त्यस क्षेत्रको पूर्वाधारमा लगानी गरेको धेरै उदाहारणहरु हामीसँग छन् । जसको सिको गर्नु राम्रो हुन्छ । यस्ता पूर्वाधारका क्षेत्रहरुमा लगानी गर्न प्रोत्साहनस्वरुप विगतमा दिइँदै आएको सबै सुविधाहरुलाई खारेज गरेर, पूर्वाधारमा तोकिएको प्रतिइकाइ लगानी गर्नेलाई मात्र दिने व्यवस्था गर्नु उत्तम हुन्छ ।

आम लगानीकर्ताहरुलाई पनि पूर्वाधारमा लगानी गरेको लगानी कोषमा लगानी गर्दा कर छुट लगायतका सुविधा उपलब्ध गराएर खुल्लामूखी लगानी कोषलाई खुल्ला गर्न सम्बन्धित नियामक लागोस् । (लेखक पुडासैनी कमोडिटी तथा पुँजी बजारका जानकार हुन्)


पुष्प दुलाल