काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुन चाँदीको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रूपैयाँ बढेको हो ।
यसअघि मंगलबार प्रतितोला १ हजार ९ सय, बुधबार प्रतितोला २हजार २ सय रूपैयाँ र बिहीबार प्रतितोला १ हजार ६ सय रूपैयाँ गरि तीन दिनको अवधिमा सुनको मूल्य प्रतितोला ५ हजार ७ सय रुपैयाँले बढेको महासंघको तथ्यांक छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदीको मूलेय १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया